८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री मोदी डाभोस जाँदै

 नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार स्वीट्जरल्याण्डको डाभोस जाँदै छन्  ।विश्व आर्थिक मञ्चको ४८ औँ बैठकमा सहभागिताका लागि माेदी सोमबार नयाँ दिल्लीबाट  डाभाेस जान लागेका हुन् ।

प्रधानमन्त्री मोदीको भ्रमण दलमा भारतीय अर्थमन्त्री अरुण जेट्ली, वाणिज्य तथा उद्योगमन्त्री सुरेश प्रभु लगायत अन्य उच्च सरकारी अधिकारीहरु समेत रहेका छन् ।  उक्त ४८ औँ वार्षिक बैठकको मङ्गलबार हुने उद्द्धटन सत्रलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री मोदीले डाभोसमा रहँदा विभिन्न अन्तर्राष्ट्रिय नेताहरु, व्यापारिक समुदायका नेताहरुसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै अन्तर्राष्ट्रिय वाणिज्य परिषद्लाई पनि सम्बोधनकाे कार्यक्रम रहेको समाचारमा जनाइएको छ ।

सो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग भेटवार्ताकाे कार्यक्रम पनि रहेको भारतीय विदेश मन्त्रालयले बताएको छ ।

यस वर्ष विश्वका वाणिज्य, व्यापार, राजनीतिक क्षेत्र, विभिन्न देशका उच्च सरकारी अधिकारी तथा नेताहरु गरी कम्तीमा पनि तीन हजार जनाको सहभागिता रहने बताइएको छ । रासस

प्रकाशित: ८ माघ २०७४ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App