८ वैशाख २०८१ शनिबार
समाज

धनकुटामा निषेधाज्ञा हटाइयो, बन्द कायमै

धनकुटा – धनकुटाको शान्ति सुरक्षाको लागि स्थानीय प्रशासनले ५ दिनदेखि लगाएको निषेधाज्ञा सोमबार ३ बजे देखि मंगलबार ७ बजे सम्मको लागि हटाएको छ। बजारको शान्ति सुरक्षा सुदृढ हुँदै गएपछि सीमित अवधीको लागि हटाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले जानकारी दिए।

सरकारले प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगरलाई तोकेपछि धनकुटामा आन्दोलन चर्किएको थियो। सरकारी कार्यालय र सवारी साधानमा तोडफोड र आगजनी हुन थालेपछि स्थानीय प्रशासनले माघ ४ गते विहीबार कर्फ्यू र माघ ५ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो। ‘तत्कालको लागि बजार र यातायात सहज बनाउन  निषेधाज्ञा खोलेका छौ। फेरि आन्दोलन सुरु भए पुनः निषेधाज्ञा लगाउँछौं,’ प्रजिअ उप्रेतीले भने।

निषेधाज्ञा खोलेसंगै वार्ताको लागि स्थानीय प्रशासनले राजनीतिक दल, बजार ब्यबस्थापन समिति र नागरिक समाजका अगुवाहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएको छ। प्रदेश नम्बर १ को राजधानीको लागि धनकुटामा ३८ दिनदेखि आन्दोलन जारी छ। स्थानीय प्रशासनले निषेधाज्ञा खोले पनि जिल्लाबासीले आमहड्ताल फिर्ता लिएका छैनन्।

फेन्सी व्यवसायीद्धारा बजार बन्द

धनकुटामा भइरहेको आन्दोलनमा प्रहरी प्रशासनले धरपकड र व्यवसायीलाई कुटपिट गर्ने कार्य गरेको घट्नाप्रति धनकुटा फेन्सी व्यवसायी संघले विरोध जनाउदै सोमबार धनकुटा बजार बन्द गराएको छ।

आइतबार पत्रकार सम्मेलन गरेर धनकुटाका प्रहरी प्रमुख एसपी सुदिप राजभण्डारीले व्यवसायीहरुलाई गरेको ब्यबहार निन्दनीय भएको बताएका थिए। आन्दोलनको क्रममा व्यवसायीहरु तिलक महत र जावेद मिया लगायतलाई कुटपिट गरिकोमा उनले निन्दा गरे।

प्रकाशित: ८ माघ २०७४ ०९:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App