८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसका १८ जिल्ला सभापति हलेसीमा

खोटाङ – नेपाली कांग्रेसका १८ जिल्ला सभापति खोटाङको हलेसी आएका छन्। कांग्रेस खोटाङको निमन्त्रणामा रोल्पा, रामेछाप, काभ्रेपलाञ्चोक, उदयपुर, धादिङ, सल्यान, काठ्माण्डौं, कालिकोट, संखुवासभा, सिन्धुपाल्चोक, सिन्धुली, प्यूठान, गुल्मी, पाँचथर, चितवन, सोलुखुम्बु र नुवाकोट सभापति हलेसी आइपुगेका छन्। हलेसीस्थित जाम्बाला रिसोर्टमा सोमबार सुरु भएको जिल्ला सभापतिको भेलामा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले भोगेको पराजय, पराजयका कारण, पार्टी नेतृत्वबाट भएका कमजोरी लगायतका बिषयमा छलफल भइरहेको बैठक स्रोतले जनाएको छ।

आइतबार हलेसीमा आयोजित कांग्रेस खोटाङको बैठकको अवसर पारेर जिल्ला सभापतिलाई हलेसी बोलाइएको कांग्रेस महासमिति सदस्य बिष्णुकुमार राईले बताए। हलेसीको धार्मिक पर्यटन प्रवर्द्धनका लागि संयुक्तरुपमा हलेसीको दर्शन गर्ने प्रचार–प्रसारमा टेवा पु-याउने भनिए पनि भेलामा स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन परिणाम, गठबन्धनका असर लगायतका विषयमा छलफल भइरहेको छ।

‘बैठकमा चुनावको समिक्षा भइरहेको छ, नेतृत्व कहाँ चुक्यो, पार्टी कमजोर हुनका कारण लगायतका विषयमा छलफल भइरहेको छ,’ बैठकमा सहभागी एक सभापतिले भने, ‘पार्टी सुढृढिकरणका लागि नेतृत्वले अपनाउनुपर्ने भावी रणनीति लगायतका विषयमा पनि भेला केन्द्रित छ।’

सहभागीले जिल्ला सभापतिहरुको तेस्रो राष्ट्रिय भेलाका लागि दबाब सिर्जना गर्न माग गर्ने विषयमा पनि छलफल चलाइरहेको प्रेस युनियनका जिल्ला सभापति दिलीप खत्रीले बताए।

प्रकाशित: ८ माघ २०७४ ०९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App