७ वैशाख २०८१ शुक्रबार
समाज

सल्यानमा बस दुर्घटना

दुर्घटनाग्रस्त बस। तस्बिर सौजन्य:नविन पौडेल

दाङ- सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। अन्य ३० जना घाईते भएका छन्। रुकुमबाट दाङ आउँदै गरेको ना ५ ख ५३१ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिका ६ स्थित बैगारे खोला भन्ने स्थानमा दुर्घटना भएको हो।

मृतकमध्ये पुष्पा खड्का केसी र ६५ बर्षीया छन्चरी बिकको नाम मात्रै खुलेको छ। बस सडक देखि झण्डै ८० मिटर तल खोल्सामा खसेको छ। घाईतेहरुलाई उपचारका लागि सल्यान श्रीनगरमा लगिएको छ।

प्रकाशित: ८ माघ २०७४ १०:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App