१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतले अतिक्रमण नगरेको भन्ने नापीका कर्मचारीलाई कारबाहीको माग

काठमाडौं – वीरगञ्च छपकैयाको ५० विघाभन्दा बढी जमिन भारतले नमिचेको प्रष्टिकरण दिने नापी विभागका कर्मचारीलाई कारवाहीको माग गरिएको छ।

कूटनीतिक अध्ययन संस्था नेपालले सोमबार एक विज्ञप्तिमार्फत नापजाँच नै नगरी नापी विभागले यो जमिन भारतबाट अतिक्रमण नभएको भन्ने जस्ता प्रष्टिकरण दिएकोमा आपत्ति जनाउँदै भारतीयहरुको आक्रमणलाई उचित ठहराउने कर्मचारीलाई कारवाहीको माग गरेको हो। ‘यस्ता कार्य गर्ने नापी विभागका गैरजिम्मेवार राष्ट्रविरोधी कार्य गर्ने कर्मचारीहरुमाथि कारबाही गर्न माग गर्दछौं,’ अध्यक्ष गोपाल सिवाकोटीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

संस्थाले नेपाली भूमि अतिक्रमण हुँदा प्रधानमन्त्री लगायतका सरकारी निकायले केही भारतको जमिन पनि नेपालमा परेको र नेपालको जमिन पनि भारततर्फ परेको भनी दिएका प्रष्टिकरणमा समेत आपत्ति जनाउँदै सरकारले नेपालको अस्मितामाथि विदेशबाट बलात्कार गरिँदा समेत यसलाई ठट्टाको विषयको रुपमा लिएको ठहर गरेको छ। ‘यस्ता गम्भीर सार्वभौम सत्तामाथि भएको आघातलाई सामान्य उडन्ते रुपमा मात्र लिने जुन काम भएको छ यो खेदजनक छ,’ विज्ञप्तिमा भनिएको छ।

संस्थाले भारतले अतिक्रमण गरेको भूमिलाई फिर्ता गर्नका लागि तत्काल कूटनीतिक कदम चाल्न सरकारसँग माग समेत गरेको छ।

प्रकाशित: ८ माघ २०७४ १०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App