coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादीमा राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाउने जिम्मा तीन नेतालाई

काठमाडौं- नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई दिएको छ। माओवादी मुख्यालय पेरिसडाँडामा बसेक माओवादी प्रदेश ईन्चार्जसहित शीर्ष नेताको बैठकले उम्मेदवार छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको हो। एमालेसँगको साझेदारीमा माओवादीले राष्ट्रिय सभामा १४ जना उम्मेदवार पाउने सहमति भएको थियो।

अध्यक्ष दाहालको सचिवालयका अनुसार मंगलबार तीन नेता बसेर १४ जना उम्मेदवारको नाम टुंगो लगाउने छन्। सोमबारको बैठकमा प्रदेश ईन्चार्जहरुले एक पदका लागि तीन जनाको नाम सिफारिस गरेका छन्। मंगलबार बस्ने बैठकले प्रदेशबाट सिफारिस भएका नामसहित प्रदेशको सिफारिसमा नपरेका तर केन्द्रीय भूमिकामा रहेका नेताहरुको नाममाथि समेत छलफल गरेर उम्मेदवारको अन्तिम नामावली तयार पार्ने जनाइएको छ।निर्वाचन आयोगले माघ १० गते भित्र उम्मेदवारको टुंगो लगाउने समय सीमा तोकेको छ। माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ।

प्रकाशित: ८ माघ २०७४ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App