coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेशको नेतृत्व नछोड्ने एमाले संकेत

सुर्खेत- नेकपा एमालेले ६ नम्वर प्रदेश सरकारको नेतृत्व नछोड्ने संकेत गरेको छ। ६ नम्वर प्रदेश संसदीय दलको सोमबारको बैठकले एकल सरकार बनाउन सक्ने हैसियत आफूहरुसँग रहेकाले प्रदेशको नेतृत्व अरुलाई नदिने निर्णय गरेको हो। ‘४० सदस्यीय प्रदेशसभामा हामी एकल सरकार बनाउन सक्ने हैसियतमा छौं’ बैठकपछि मूख्यमन्त्रीका दावेदार यामलाल कँडेलले भने, ‘यस्तो अवस्थामा अन्य दलको नेतृत्व स्वीकार गर्न सकिँदैन।’ प्रदेशसभामा एमालेबाट २० जना निर्वाचित छन्।

जनयुद्धको आधारभूमि हुनुका साथै स्थानीय र प्रदेशसभा निर्वाचनमा महत्वपूर्ण स्थान हाँसिल गरेको भन्दै ६ नम्वर प्रदेशमा माओवादी केन्द्रको पनि दावी छ।

संसदीय दलको बैठकले प्रदेश सरकारको नेतृत्वका लागि पार्टी केन्द्रको ध्यानाकर्षण पनि गराएको छ। ‘पार्टीका शतप्रतिशत उम्मेदवार विजयी गराउन सफल भएकाले पनि प्रदेश सरकारको नेतृत्व हामीले गर्नुपर्छ’ प्रदेश सहसंयोजकसमेत रहेका कँडेलले भने, ‘प्रदेशको नेतृत्वका लागि पार्टी केन्द्रको पनि ध्यानाकर्षण गराएका छौं ।’ ६ नम्वर प्रदेशमा माओवादी केन्द्रले पनि दावी गर्दै आएको छ । जनयुद्धको आधारभूमि हुनुका साथै स्थानीय र प्रदेशसभा निर्वाचनमा महत्वपूर्ण स्थान हाँसिल गरेको भन्दै ६ नम्वर प्रदेशमा माओवादी केन्द्रको पनि दावी छ। यो प्रदेशमा माओवादी केन्द्रका १३ सांसद छन्। ६ सांसद रहेको नेपाली कांग्रेसले भने सशक्त प्रतिपक्षको भूमिकामा रहने बताउँदै आएको छ।

संसदीय दलको बैठकले आफ्नो नेतृत्वमा सरकार गठन लगत्तै निजी वायूसेवा कम्पनीसँग छलफल गरेर सुर्खेत–काठमाडौं सिधा उडान गर्नुका साथै प्रदेशका १० वटै जिल्लामा हुने उडान सुर्खेतबाट गराउने निर्णय पनि गरेको छ। ‘अहिले ६ नम्वर प्रदेशका जिल्लाहरुमा नेपालगञ्जबाट पनि उडान हुँदै आएको छ’ प्रदेश कमिटी सहसंयोजक कँडेलले भने, ‘प्रदेशको राजधानी सुर्खेतबाट प्रदेशभित्रका अन्य जिल्लाहरुमा हवाई सेवा सञ्चालन र विस्तारको थालनी गछौं ।’ यस्तै संसदीय दलले प्रदेश कमिटीले जारी गरेको सुशासन, आर्थिक विकास र समृद्धिको मार्गचित्रलाई कार्यान्वयनमा लैजाने बताएको छ।

 

प्रकाशित: ८ माघ २०७४ १३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App