coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बसन्त पञ्चमीमा साँगीतिक कन्सर्ट

वीरगन्ज – झण्डै डेढ महिनादेखी बढेको चिसोविच सोमवार मनाइएको बसन्तपञ्चमीको अवरमा वीरगन्जस्थित ठाकुरराम बहुमुखि क्याम्पसमा आयोजित साँगितिक कन्सर्टले माहोल ततायो। बसन्तपञ्चमीमा आयोजित हुने सरस्वति पुजाको अवसर पारी क्यामसका विद्यार्थीले राखेको साँगीतिक कन्सर्टमा भोजपुरीका चर्चित गायक सुनिल पण्डितको गीतहरुमा सहभागिहरु झुमेका थिए।

‘तिमी पहाड कि छोरी म मधेसको छोरो, पिरतीको देश बनाउ मिलि कालो गोरो, भेंटौं लालका पुलैमा, तिम्रो लागि ठाउँ खाली छ, प्यारी मेरो दिलैमा,’ भन्ने गितमा सहभागिहरु सबभन्दा बढी रमाएका थिए। राजनराज शिवाकोटीको संगीत र राजुबाबु श्रेष्ठको शब्द रहेको पंडितको नयाँ एल्बमको उक्त गित अहिले यस क्षेत्रमा निकै चलेको छ। गत मधेस आन्दोलनमा सिमरा नजिकको ललका पुलसम्म सबै थोक खुल्ला र त्यस यता बन्द हुने भएपछि लालका पुललाई प्रेमको मिलन बिन्दुको रुपमा प्रस्तुत गर्दै पर्साका तत्कालीन प्रहरी उपरीक्षक रहेका गितकार श्रेष्ठले उक्त गित कोरेका थिए।

ठाकुरराम क्याम्पस सांगीतिक कन्सर्टले गर्दा सोमवार गुञ्जयमान भयो। पंडितले ‘दिवाना इण्डिया नेपाल बा’ लगायत गीतहरु गाएका थिए। कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले बिभिन्न प्रस्तुतिहरु गरेका थिए। ‘निकै उत्साहपुर्वक माहोलविच साँगितिक कार्यक्रम गरिएको छ,’ विद्यार्थी नेता निखिल बर्णवालले भने, ‘विद्यार्थीहरुको जमघट र एक आपसमा भेंटघाट संगै मनोरन्जनको एउटा साधनको रुपमा बिगत केही बर्षदेखी यहाँ बिहानको पुजापछि यस्तो कन्सर्ट हुदै आएको छ।’ करिब ६ हजार विद्यार्थी अध्ययनरत ठाकुरराम बहुमुखी क्यामपस तराईको एउटा प्रमुख शैक्षिक केन्द्र हो।

प्रकाशित: ८ माघ २०७४ १३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App