७ वैशाख २०८१ शुक्रबार
अर्थ

सनराइजले तीन शाखा थप्यो

काठमाडौं – सनराइज बैंक लिमिटेडले आइतबार तीनवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले पर्साको बिन्दबासिनी, ताप्लेजुङको मौवाखोला र बाँकेको नरैनापुरमा शाखा खोलेको हो ।

बिन्दबासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु र वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले बिन्दबासिनी शाखा उद्घाटन गरे ।मौवाखोला गाउँपालिका अध्यक्ष राजकुमार थात्लुङ र बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले मौवाखोला शाखा र नरैनापुर गाउँपालिकाका अध्यक्ष इसितियाक अहमद शाह र नेपाल राष्ट्र बैंक नेपालगन्जका सञ्चालक गुरु पौडेलले नरैनापुर शाखाको संयुक्त रुपमा उद्घाटन गरेको बैंकले जनाएको छ ।

यो सहित बैंकको शाखा संख्या ७५ पुगेको छ । बैंकको नेपालभर ९१ एटिएम, तीन एक्सटेन्सन काउन्टर तथा विभिन्न स्थानमा २० वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा दिइरहेको छ ।

प्रकाशित: ९ माघ २०७४ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App