coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रोहिन्जाको म्यानमार फिर्तीमा ढिलाई : बंगलादेश

क्याप्सन : बंगलादेशको कोक्स बजारमा रहेको जामटोली शरणार्थी शिविरमा सोमबार हिँड्दै गरेका रोहिन्जा शरणार्थी । तस्बिर - रोयटर्स

ढाका– रोहिन्जा मुसलमान शरणार्थीको म्यानमार फिर्तीलाई बंगलादेशले ढिलाई गरेको छ ।
म्यानमार फिर्ता पठाउने शरणार्थीको नाम संकलन र प्रमाणित गर्ने काम पूरा नभएकाले उनीहरुको स्वदेश फिर्तीमा ढिलाई भएको बंगलादेशका एक उच्च अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताए ।

बंगलादेशको कोक्स बजार शरणार्थी शिविरमा रहेका लाखौं शरणार्थीलाई लिएर तनाब बढिरहेका बेला यस्तो निर्णय बाहिरिएको छ । बंगलादेशको शरणार्थी शिविरमा रहेका केही रोहिन्जा मुसलमानले आफूहरुको सुरक्षाको ग्यारेन्टी नभएको भन्दै  म्यानमार फिर्ता पठाउने निर्णयको विरोध गरिरहेका छन् ।

मंगलबारबाट सुरु गर्ने भन्दै म्यानमार र बंगलादेशले यसै महिनाको सुरुवातमा दुई वर्षभित्र स्वैच्छिक रूपमा शरणार्थीलाई फिर्ता लानेबारेमा सम्झौता गरेका थिए । म्यानमारले दुई देशबीचको सीमा क्षेत्रमा बंगलादेशबाट फिर्ता हुने पहिलो लटको रोहिन्जालाई राख्न दुईवटा रिसेप्सन केन्द्र र अस्थायी शिविर खडा गरिसकेको बताएको छ । तर बंगलादेशी शरणार्थी मुक्ति र पुर्नस्थापना आयुक्त अबुल कलामले सोमबार शरणार्थी फिर्तीको कार्यक्रममा ढिलाई नभएको बताएका छन् ।

‘थुप्रै काम गर्न बाँकी छन्,’ रोयटर्ससँगको टेलिफोन कुराकानीका क्रममा उनले बताए । ‘म्यानमार फिर्ता पठाउने मानिसको सूची तयार गर्नै बाँकी छ । उनीहरुको प्रमाणिकरण र ट्रान्जिट शिविर खडा गर्न पनि बाँकी छ,’ उनले बताए । बंगलादेशी सीमा सुरक्षाकर्मीका अधिकारीका अनुसार रोहिन्जा शरणार्थी फिर्ता पठाउने कार्यक्रम सुरु गर्नुभन्दा केही महिना अघि नै यस्तो तयारी गरिसक्नु पथ्र्यो ।

गत अगस्ट महिनको अन्त्यबाट हालसम्म म्यानमारबाट भागेर बंगलादेश पुगेका शरणार्थीको संख्या हाल करिब ६ लाख ८८ हजार रहेको आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठनले जनाएको छ । गत अगस्ट २५ का दिन रोहिन्जा विद्रोहीले म्यानमारको रखाइन प्रान्तमा रहेको २० वटा प्रहरी चौकीमा आक्रमण गरेपछि सरकारी सेनाले गरेको धरपकड र बल प्रयोगपछि ज्यान जोगाउन म्यानमारका अन्य क्षेत्र र बंगलादेश भाग्ने रोहिन्जाको संख्या लाखौं रहेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोग युएनएचसिआरले रोहिन्जा शरणार्थीलाई रखाइन फिर्ता पठाउने तयारीका लागि थप समय आवश्यक रहेको बताउँदै आएको छ । उसले दुवै सरकारलाई शरणार्थी संकट समाधान गर्ने प्रयासको थालनी गर्नसमेत आग्रह गरको रोयटर्सले जनाएको छ ।

‘शरणार्थीको फिर्तालाई सही अर्थ प्रदान गर्नका लागि थुप्रै मुद्दाको सम्बोधन आवश्य रहेको छ । हामीले रोहिन्जाको नागरिकता मुद्दासहित रखाइनका रोहिन्जाका विभिन्न अधिकार लगायत अन्य विषयमा के सहमति भएको छ भनेर केही थाहा पाएका छैनौं,’ फिलिप्पो ग्रान्डीले रोयटर्सलाई बताए । म्यानमारको उत्तरी राज्य रखाइन फिर्ता जाने रोहिन्जा मुसलमानका बारेमा निरीक्षण गर्न एउटा बलियो संयन्त्र बनाउनुपर्ने ग्रान्डीले बताए ।

शरणार्थी शिविरको प्रशासनिक कार्यमा सहयोग गरिरहेको युएनएचसिआर रोहिन्जाको म्यानमार फिर्ती प्रक्रियामा कुनै सहभागिता रहेको छैन । रोहिन्जा मुसलमान बंगलादेशी हस्तक्षेपकारी भएको भन्दै बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको म्यानमारले उनीहरुलाई लामो समयदेखि म्यानमार सरकारले नागरिकता दिन अस्वीकार गर्दै आएको छ ।

म्यानमारले सोमबार फिर्ता भएको रोहिन्जालाई लिनका लागि आफू तयार रहेको बताएको छ । ‘उनीहरु आउनेबित्तिकै स्वीकार गर्न हामी तयार छौं । हाम्रोतर्फ सम्पूर्ण तयारी भइसकेको छ,’ म्यानमारको समाज कल्याण मन्त्रालायको मुक्ति र पुर्नस्थापना विभागका निर्देशक जनरल को को नाइंगले रोयटर्सलाई बताए । रोहिन्जाको फिर्तीमा ढिलाई हुनेबारेमा बंगलादेशले जानकारी गराएको छ वा छैन भन्ने विषयमा भने उनले प्रतिक्रिया दिन अस्वीकार गरे । बंगलादेश र म्यानमारलाई छुट्याउने नाफ नदी नजिकै रहको पालोङ खाली शरणार्थी शिविरमा रोहिन्जा मुसलमानका नेताहरु सोमबार बिहानै लाउडस्पिकर र म्यानमार फिर्तीका लागि आफ्ना माग लेखिएको ब्यानरसहित भेला भएका थिए ।

म्यानमारका नेताले अगाडि सारेको मागमा सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, नागरिकता दिइनुपर्ने, रोहिन्जा मुसलमानलाई म्यानमारको आधिकारिक जातीय अल्पसंख्यको मान्यता दिइनुपर्नेलगायतका रहेको रोयटर्सले जनाएको छ । उनीहरुको सैन्य अपरेसनका बेला जलाइएका वा ध्वस्त बनाइएका आफ्ना घर, मस्जिद र विद्यालयको पुनर्निर्माण गरिनुपर्ने माग पनि अगाडि सारेका छन् ।

रोहिन्जा नेतालाई  सुन्न भेला भएका करिब तीन सयको  संख्यामा रहेका उनीहरु शरणार्थी शिविरमा बंगलादेशी सेना प्रवेश गरेर तितरवितर पारेको थियो । बंगलादेशी सेनाका प्रवक्ता रासेदुल हसनले भने रोहिन्जा शरणार्थी शिविरमा सोमबार कुनै प्रदर्शन भएको बारेमा आफूले कुनै जानकारी प्राप्त नगरेको बताएका छन् ।

 

प्रकाशित: ९ माघ २०७४ ०३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App