८ वैशाख २०८१ शनिबार
समाज

धारिलो हतियार प्रहार गरी वालकको हत्या

रौतहट- रौतहटमा अज्ञात समूहले धारिलो हतियार प्रहारगरी एक वालकको हत्या गरेको छ। स्थानीय राजपुर नगरपालिका वडा नम्वर ९ बलुवा टोलका भिखारी देवानका ८ बर्षिय छोरा मफाजुल देवानको टाउकोमा धारिलो हतियार प्रहार गरी अपरिचित समूहले हत्या गरेको हो।

विहान मफाजुल घरबाट खेल्दा खेल्दै हराएका थिए। निकै बेरसम्म बालक घरमा नर्फिएपछि घरका सदस्यहरुले घरबाट मंगलबार बिहान खोजी सुरु गरेपछि घर देखी करिब चार सय मिटर उत्तर पश्चिम तोरीबारीमा मफाजुलको शव फेला परेको थियो।

प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा एकजना बालक सहित दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक छानविन गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी रामकुमार दानीले बताए।

प्रकाशित: ९ माघ २०७४ १०:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App