coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘चाइना पास’ रोक्न माग गर्दै ज्ञापनपत्र

सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेललाई ज्ञापनपत्र बुझाउँदै युवाहरु। तस्बिर: नागरिक

रसुवा– जिल्ला बाहिरका नागरिकलाई चाइना पास वितरण नगर्न माग गर्दै रसुवाका युवाले सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।

चीन सरकारले रसुवाबासीलाई मात्र उपलब्ध गराउँदै आएको चीन प्रवेश अनुमति पत्र गैर जिल्लाबासीलाई समेत जथाभावि वितरण गरेको भन्दै मंगलबार युवाहरुले सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेललाई ज्ञापनपत्र बुझाइएका हुन्।

अध्यागमन कार्यालय र स्थानीय तहका कर्मचारीले आर्थिक प्रलोभनमा परि गैर जिल्लाबासीलाई पास दिने क्रम बढेकोले ध्यानाकर्षणको लागि ज्ञापनपत्र बुझाइएको युवाहरुले बताएका छन्।

यसअघि वितरण गरिएको पासको छानबिन गर्नुपर्ने र आगामी दिनमा गैर जिल्लाबासीलाई पास दिन बन्द गर्नुपर्ने गोसाइँकुण्ड गाउँपालिका–६ का निवेश श्रेष्ठले बताए।

‘जिल्ला बाहिरको नागरिकले बसाइँसराई गरेर यहि घर बनाएर बस्ने हो भने हामी केही भन्दैनौँ उनले भने, तर पासकै लागि दुई चार आना जग्गा खरिद गर्नेका लागि भने पास वितरण रोकिनुपर्छ।’

अर्का युवा निशान गजुरेलले भने, ‘रसुवाबासीको नाममा आएको सुबिधा बाहिरी जिल्लाकोलाई दिन आवश्यक छैन्। बसाइँसराई गरेर जिल्लाभित्रै घर बनाएको, स्थानीय निकायमा कर तिरेको तथा बालबालिका यहि पढिरहेका छन् पनि हामी उहाँहरुलाई सेवा सुबिधा लिनबाट रोक्दैनौ।’

भूकम्प र पहिरोको कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि औपचारिक रुपमा सञ्चालनमा आएको नाकामा चीन प्रवेशका लागि जिल्लाबासीलाई मात्र पास उपलब्ध गराउँदै आइएको छ। अध्यागमन कार्यालयले करिब ७ हजारलाई चाइना पास उपलब्ध गराएको छ।

अन्य जिल्लाका नागरिकका लागि वान डे पास उपलब्ध गराउने भनिएपनि अहिलेसम्म त्यो कार्यान्वयनमा आउन सकेको छैन। सीमा सुरक्षा बैठकमा पास दिने विषयमा छलफल हुने गरेको भएपनि त्यो छलफलमा नै सीमित बन्न पुगेको छ।

 

प्रकाशित: ९ माघ २०७४ ११:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App