coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

कुमाल भाषामा आधारित चलचित्र ‘औठे छाप’

अर्घाखाँची- कुमाल भाषामा आधारित चलचित्र औठे छाप माघ १३ गते सन्धिखर्कमा प्रदर्शन हुने भएको छ। कुमाल समाज सुधार समिति अर्घाखाँचीले सन्धिखर्कमा पत्रकार सम्मेलन आयोजना गरि चलचित्रको बारेमा जानकारी गराएको छ। आलोक कुमालले निर्देशन गरेको चलचित्रमा मदन कुमाल र योगिता कुमाल नायक नायिकाको रुपमा रहेका छन्। चलचित्रका निर्देशक आलोकले करिव २५ लाखको लागतमा चलचित्र निर्माण भएको बताए।

तनहुँ नवलपरासी बुटवल लगायतका ठाउँमा छायाङकन गरिएको चलचित्र विभिन्न जिल्लामा प्रदर्शन भइसकेको छ। ‘कुमाल जातिको भाषा र संस्कृतिको  संरक्षण गर्नु चलचित्रको मुख्य  उद्देश्य हो’ उनले भने,‘चलचित्र हर्नेहरुबाट  निकै राम्रो प्रतिक्रिया मिलेको छ।’

साहुसँग औठेछाप लगाइ ऋण लिएको विषय बस्तुसँग जोडेर चलचित्र निर्माण गरिएको उनेले बताए। ‘साहुले ऋणमा ब्याजको स्याज लगाएपछि छोरा नातिसम्म पनि ऋण तिर्न नसकेको दुःखलाग्दो यथार्थ परिस्थितिलाई मध्यनजर गर्दै चलचित्र निर्माण गरेको हुँ’ निर्देशक आलोकले भने।  उनले कुमाल समुदायमा यो खालको समस्या अहिले पनि रहि आएको बताए। एक सयवर्ष अघिको कुमालजातिको अवस्थालाई चलचित्रबाट उतार्न खोजिएको उनले बताए।

 

 

 

 

 

प्रकाशित: ९ माघ २०७४ १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App