८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

विद्यार्थीलाई जेल सजायको विरोध

कायरो– प्रतिबन्धित राजनीतिक दल मुिस्लम ब्रदरहुडलाई सहयोग गरेको अभियोगमा इजिप्टको एक अदालतले १९ विद्यार्थीलाई पाँच बर्षको जेल सजाय सुनाएकोमा अधिकारवादीले त्यसको विरोध गरेका छन्। 

अल अजार विश्वविद्यालयका ती विद्यार्थीलाई अदालतले गत सातामात्रै जेल सजाय तोकेको थियो ।     इजिप्टको सरकारी समाचार संस्था मेनाले जनाएअनुसार अल अजार विश्वविद्यालय इजिप्टका अपदस्थ पूर्वइस्लामिक राष्ट्रपति मोहमद मोर्सीसँग सम्बन्धित छ ।

 वर्तमान सरकारले उक्त विश्वविद्यालयलाई प्रतिबन्धित गरेको थियो । ती विद्यार्थीहरुले उक्त प्रतिबन्धित विश्वविद्यालयबाट मोर्सीको पार्टीलाई समर्थन गर्ने काम गरेको आरोप लगाउँदै अदालतले उनीहरुलाई सजाय तोकेको बताइएको छ ।  

इजिप्टका मानवअधिकारवादीले उक्त विश्वविद्यालयका विद्यार्थीलाई शान्तिपूर्णरुपमा विरोध गरेको आरोपमा यसरी वर्षौंको जेल सजाय सुनाउनु न्यायसंगत नभएको र उनीहरुको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको बताएका छन् ।यस्तै अर्काे एक मुद्दामा पनि गिजा अपराध अदालतले गत महिना थप सात जनालाई तीन बर्ष जेल सजायको फैसला सुनाएको थियो ।

यी विद्यार्थीको मुद्दा भने पुनरावेदन अदालतको सन् २०१५ को फैसलालाई सदर गरिएको हो । इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई सन् २०१३ को जुलाईमा अपदस्थ गरिएको थियो । त्यस समयमा उनको समर्थनमा आम प्रदर्शन भएका थिए । उनको पक्षमा गरिएका प्रदर्शनका बारेमा वर्तमान सरकारले हालसम्म खोजी गरिरहेको छ ।

सो समयमा भएका प्रदर्शनका क्रममा सुरक्षाकर्मीसँग भएको झडपमा परी सयौंको मृत्यु भएको थियो भने हजारौंलाई पक्राउ गरिएको थियो । ती मध्ये कतिपय अहिले पनि जेलमा रहेका छन् । नेता मोर्सीको पक्षमा रहेको ब्रदरहुड समूहलाई आतंकवादी समूहको रूपमा प्रतिबन्ध समेत गरिएको थियो । मोर्सी अहिले पनि जेल जीवन बिताइरहेका छन् ।
    
    

 

प्रकाशित: १० माघ २०७४ ०४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App