७ वैशाख २०८१ शुक्रबार
कला

नयाँ मिस नेपालको खोजी

काठमाडौं– मिस नेपालको आयोजना गर्दै आएको द हिडेन ट्रेजरले नयाँ संस्करणको मिस नेपालको तयारी थालेको छ ।

हिडेन ट्रेजरले गत शनिबार औपचारिक कार्यक्रम गर्दै मिस नेपालका लागि आवेदन खुला भएको जनाएको छ । यही वर्षभित्र हुने प्रतियोगिताले मिस नेपालसँगै तीन रनर अप छान्नेछ । प्रतियोगिताबाट छानिने चार सुन्दरीले क्रमशः मिस वल्र्ड, मिस युनिभर्स, मिस अर्थ र मिस इन्टरनेसनलमा भाग लिनेछन् ।

हिड्न ट्रेजरले राजधानीसँगै राजधानी बाहिरका ८ सहरमा अडिसन गरी सुन्दरी छान्नेछ । यसका लागि वीरगन्ज, बिर्तामोड, धनगढी, धरान, चितवन, पोखरा, बुटवल र नेपालगन्जमा अडिसन गरिने आयोजकले जनाएको छ । अडिसन फेब्रुअरी महिनाको ४ देखि १० सम्म हुनेछ । काठमाडौंमा भने १७ तारिखमा अडिसन गरिनेछ । अडिसनबाट छनोट भएका अन्तिम प्रतिस्पर्धीलाई ७ हप्ता प्रशिक्षण दिइनेछ ।

उमेरको हकमा १९ वर्षदेखि २५ वर्षसम्मका युवतीले फेब्रुअरी १५, २०१८ सम्म आवदेन सक्नेछन् । बिहे नगरेका, विवाहको वचन नदिएका, नेपाली नागरिकता र पासपोर्ट भएकाले आवेदन दिन सक्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । यी शर्त पूरा गर्ने एनआरएनले पनि आवेदन दिन सक्नेछन् । अप्रिल ११ मा हिडन ट्रेजरले नयाँ मिस नेपालको घोषणा गर्ने कार्यतालिका राखेको छ । राजधानीको अडिसनमा सहभागी हुन चाहानेले १५ तारिखसम्ममा आवेदन दिइसक्नुपर्नेछ ।
 

प्रकाशित: १० माघ २०७४ ०४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App