coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

धरान फुटबल क्लव र सिक्किम युनाइटेड भिड्दै

पोखरा – पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा बुधबार (आज) धरान फुटबल क्लब र भारतको सिक्किम युनाइटेडबीच प्रतिष्पर्धा हुदैछ। 

खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ। यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई ३–० गोलले हराउँदै सुदूरपश्चिम ११ ले विजयी शुरुवात गरेको छ।

पोखरा रंगशालामा माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा २ विदेशीसहित १२ टोलीको सहभागिता रहनेछ।

मनाङ मस्र्याङदी, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस क्लव, संकटा, धरान फुटबल क्लब, सूदुरपश्चिम–११ स्पोर्टिङ क्लब, थ्रीस्टार क्लव, झापा–११, भारतको युनाइटेड सिक्किम फुटबल क्लब र बंगलादेशको उत्तर बरिन्धरा क्लबसहित आयोजक सहारा क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

आहा रारा गोल्ड कप प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५१ हजार प्राप्त गर्ने छन्। हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शक आकर्षित गर्न प्रवेश टिकटमा भाग्यशाली दर्शकलाई हिरो ड्यास स्कुटर दिइने आयोजकले जनाएको छ।

 

प्रकाशित: १० माघ २०७४ ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App