८ वैशाख २०८१ शनिबार
खेल

थ्री स्टार र त्रिभुवन आर्मी भिड्दै

इटहरी – सुनसरीको इटहरीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार (आज) त्रिभुवन आर्मी र थ्री स्टार क्लव भिड्दैछन। 
खेल दिउँसो २ः३० बजे पछि इटहरीमा रंगशालामा सुरु हुनेछ।

पाहुना टोली भुटानको ड्रुक युनाइडेट एफसीलाई ५–० ले हराउँदै आर्मी र एपिएफलाई २–१ ले हराउँदै थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेका थिए।

आर्मी र थ्री स्टारमा राष्ट्रिय खेलाडी रहेकाले खेल निकै रोमाञ्चक र प्रतिस्पर्धी हुने अनुमान गरिएको छ। आर्मीमा नवयुग श्रेष्ठ, भरत खवास, विकेश कुथु, पदम तामाङ जस्ता खेलाडी छन् भने थ्री स्टारमा विक्रम लामा, बिमल घर्तीमगर, अनन्त तामाङ, मार्टीन, एलन न्यौपाने बिजय धिमाल लगायत खेलाडी रहेका छन्।

गएको हप्ता सम्पन्न सुदूरपश्चिम खप्तङ गोल्डकपको क्वाटरफाइनलमा आर्मीले थ्रीस्टारलाई पराजित गरेको थियो ।

यसअघि हिजो भएको खेलमा विजयी हुदै भारत कोलकत्ताको गरिफा स्पोटिङ् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। गरिफा स्पोटिङका लागि खेलको दोस्रो मिनेटमा चिस्से सोलासले गरेको गोलनै सेमिफाएनलमा पुग्न पर्याप्त बन्यो।

गरिफाले अब सेमिफाइनलमा विहिबार मनाङ मस्याङदीको सामना गर्नेछ। प्रतियोगिताको विजेताले १२ लाख नगद, २.५ तोला र ८० तोला चाँदीबाट निर्मित ट्रफी प्राप्त गर्नेछ । उपविजेतालाई नगद ५ लाख प्रदान गरिनेछ।  

प्रकाशित: १० माघ २०७४ ०५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App