७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

इजिप्टमा राष्ट्रपतिका आकाङ्क्षी पूर्व सेनाप्रमुख पक्राउ

कायरो – इजिप्टको राष्ट्रपतिका आकाङ्क्षी पूर्व सेनाप्रमुखलाई इजिप्टको सेनाले मङ्गलबार पक्राउ गरेको छ।

इजिप्टले यही बर्षको मार्च २६–२८ मा हुने भनिएको निर्वाचनमा पूर्व जनरल समी अन्नानले वर्तमान् राष्ट्रपति अब्देल फताह अल सिसीसँग लड्ने चर्चा चलिरहेका समय सेनाले उनलाई पक्राउ गरेको इजिप्टको राज्य सञ्चालित समाचार संस्थाले सेनाद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी जनाएको छ।

अन्नानका विशेष सहयोगीका अनुसार उनलाई सक्रिय सैनिकबाट औपचारिक रूपमा सेवा त्यागेको, सेनाको कानून मिचेको र राष्ट्रपतिको आकाङ्क्षीका रूपमा प्रस्तुत गरेकोप्रति सोधपुछ गर्न लागिएको छ।

अन्नानले आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार बन्ने भनी गत महिना घोषणा गरेका थिए। अन्नानले सन् २०१२ मा सेनाबाट अबकाश लिएका थिए।

प्रकाशित: १० माघ २०७४ ०८:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App