coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जन्ती बोकेको जिप ठोक्किँदा ११ घाइते

बैतडी – बैतडीको सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउडेमा आज मध्यान्ह जन्ती बोकेको दुई जिप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। 

घाइतेमध्ये पाटन नगरपालिका– ५ का १७ वर्षीय विक्रम बोहरा ,२७ वर्षीय दानसिंह विष्ट र सुर्नया– २ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। 

सिउडेबाट जन्ती बोकेर दोगडाकेदारतिर गइरहेको ग १ ज ५१९२ नंको जिप र विपरित दिशाबाट आइरहेको से १ ज २१७ नं जिप सिउडे बजार नजिकै आज १२.१५ बजे ठोक्किएको जनाएको छ। दुबै जिपका चालक प्रहरी नियन्त्रणमा छन्। 

प्रकाशित: १० माघ २०७४ ०९:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App