८ वैशाख २०८१ शनिबार
समाज

चक्रे मिलनलाई सफाई

फाइल तस्विर:नागरिक

काठमाडौं– सरकारले कुनै पनि प्रमाणबाट पुष्टि गर्न नसकेको भन्दै विशेष अदालत काठमाडौले चक्रे मिलन भन्ने मिलन गुरुङलाई सम्पत्ती शुद्धीकरणको मुद्दामा सफाइ दिएको छ । 
विशेष अदालतका न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोद कुमार श्रेष्ठ वैद्यको इजलाशले चक्रे मिलन र श्रीमती इन्दिरा घले गुरुङलाई ७ करोड ८१ लाख ७ हजार २ सय ६५ रुपैयाँ ४१ पैसा सम्पत्ती शुद्धीकरण (मनि लाउड्रिङ)मुद्दामा सफाइ दिएको हो । 
नेपाल सरकारले प्रमाणबाट पुष्टि गर्न नसकेकाले मिलन गुरुङ र उनकी पत्नी इन्दिरालाई सफाइ दिएको अदालतको फैसलामा उल्लेख छ । सरकारले २०७० जेठ ५ गते गुरुङ दम्पती विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

 

प्रकाशित: १० माघ २०७४ १०:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App