coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बाँदरमुढे घटनाका मृतकलाई सहीद घोषणा

काठमाडौं – सरकारले बाँदरमुढे घटनामा मारिएकाहरुलाई सहिद घोषणा गरेको छ। विहीबार राति सम्पन्न मन्त्रिपरिषद बैठकले बाँदरमुढे घटनाका मृतकलाई सहीद घोषणा गरेको कानूनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए।

चितवनको बाँदरमुढेमा २०६२ साल जेठ २३ गते यात्रु बसलाई लक्षित गरी माओवादीले विद्युतीय धराप विष्फोट गराउँदा ३८ जनाको ज्यान गएको थियो।

मन्त्री थापाका अनुसार सशस्त्र जनयुद्धका क्रममा तत्कालिन माओवादीबाट मारिएका कास्कीका ९ जनालाई पनि सहीद घोषणा गरेको छ। यस्तै, पञ्चायतकालमा राज्यद्वारा मारिएका हरिप्रसाद गुरुङलाई सहीद घोषणा गरिएको छ।

बैठकले पूर्वी रुकुमको सदरमुकाम उत्तरगंगा नगरपालिका १२ लाई तोकेको छ।
यस्तै, ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिष्य व्यापार प्रदर्शनी केन्द्र खोल्ने निर्णय भएको छ।  प्रदेश नम्बर १ को धरान, २ को वीरगञ्ज, ३ को चोभार, ४ को दमौली, ५ को दाङ, ६ को सुर्खेत र ७ को कञ्चनपुरमा प्रदर्शनी केन्द्र खोलिनेछ।

बैठकले परिवार नियोजन संघको केन्द्रीय कार्यसमिति विघटन गरी छत्रबहादुर गिरीको नेतृत्वमा नयाँ समिति गठन गरेको छ।

अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई मासिक ५ हजार भत्ता दिने बैठकले निर्णय गरेको छ।

प्रकाशित: ११ माघ २०७४ १५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App