८ वैशाख २०८१ शनिबार
कला

शहारुख खान लसएन्जल्स विमानस्थलको नियन्त्रणमा

न्युयोर्क—   अमेरिकाको अध्यागमन विभागले बलिउड स्टार शहारुख खानलाई लसएन्जल्स विमानस्थलमा सोधपुछका लागि केहिबेर नियन्त्रणमा लिएको छ।

खानले टिव्ट गर्दै लेखेका छन्, ‘विश्वमा कस्तो प्रकारको  सुरक्षाप्रणाली छ भन्ने मलाई राम्रोसँग थहा छ, र यसलाई म सम्मान गर्छु, तर अमेरिकी अध्यागमन विभागले जहिले पनि नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्यबाट म चिन्तित छु।’

यसैबीच भारतका लागि अमेरिकी राजदूत रिचार्ड बर्माले टिव्टरमार्फत शाहारुख खानसँग माफी मागेका छन्।
यसअघि खानलाई सन् २०१२ मा न्युयोर्कको एक विमानस्थलमा अध्यागमन विभागले सोधपुछका लागि दुई घण्टा नियन्त्राण्मा लिएको थियो। त्यस्तै विमानस्थलको कम्प्युटर अलर्ट लिस्टमा खानको नाम आएपछि खानलाई न्युयोर्क लिवर्टी अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो।

 

प्रकाशित: २८ श्रावण २०७३ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App