८ वैशाख २०८१ शनिबार
समाज

आफ्नै पार्टीका स्थानीय नेताको सांसद पौडेललाई दुई झापड

बागलुङ- यहाँका दुई नवनिर्वाचित सांसदहरु आफ्नै पार्टीका नेताबाट कुटिएका छन्। बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य देबेन्द्र पौडेल क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा निर्वाचित टेकबहादुर घर्तीमगर माथी हातपात भएको हो। नेकपा माओवादी केन्द्रका नेता तुलसीराम अर्यालले उनीहरुमाथी हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

 ढोरपाटन नगरपालिका—१ स्थीत होटल मिराजमा पौडेल र घर्ती सहित पौडेलका सहयोगी समेतलाई अर्यालले हातपात गरेको बताईएको छ। हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका नेता रहेका सांसद पौडेल र राष्ट्रिय जनमोर्चाका घर्तिलाई संयुक्त बाम गठवन्धनका तर्फबाट जिताउन अर्याल सक्रियतापूर्वक लागेका थिए।

बिहीवार दिउँसो निसीखोलामा आयोजित कार्यक्रममा जाने बिषयमा आँफुलाई खबर र समन्वय नगरेको भन्दै अर्यालले शुरुवातमा पौडेललाई दुई झापड हानेको बताईएको छ। लगत्तै धारामा मुख धुन गएका प्रदेश सांसद घर्तीलाई पनि एक मुक्का प्रहार गरेका थिए। दुवै सासंद संयमित भएका कारण थप अप्रिय घटना केही हुन नपाएको प्रत्यक्षदर्शीले बताएका छन्। सांसद माथिको हातपात तथा दुर्व्यवहार गरेको माओवादी नेता अर्यालले स्वीकार गरेका छन्। ‘यो हामीलाई दास सोच्दा र बनाउँदाको अभिव्यक्ति हो’, पौडेल र घर्तीमाथी हातपात गरेको स्वीकार्दै अर्यालले भने, ‘हामी उनीहरुलाई जिताउनका लागि चाहिने, ज्यान दिएर हिँड्नुपर्ने, अहिले चुनाव जिते पछि कार्यक्रममा जाँदा समेत केही वास्ता नगर्ने ?’  बागलुङको क्षेत्र नम्बर २ मा उनको प्रभावशाली राजनीतिक छबि छ।

२०७० मा माओवादीका तर्फबाट थोरै मतले पराजित अर्याल यसपटक पनि टिकटका लागि सिफारिसमा परेका थिए। तर चुनावको केही महिना अघि नयाँ शक्तिमा लागेर पार्टीमा फर्किएका पौडेलले टिकट पाए पछि उनी असन्तुष्ट छन्। प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले पनि आफुमाथी हातपात भएको घुमाउरो शब्दमा स्वीकार गरे। ‘होटलमा बसिरहेका बेला तुल्सीजीले मदिरा पिउनुभएको थियो’, पौडेलले भने, ‘म अहिले बागलुङमा फर्किएको छु, त्यस्तो ठूलो बिषय होइन ।’ रातिको घटनापछि अर्याललाई भेट्न सांसद पौडेल र घर्ति बिहानै बुर्तिबाङ बजार स्थित उनको निवास पुगेका थिए। अर्याल बिहानै उनकै बालुवाखानी पाखुट्टे पुगिसकेकाले भेट नभएको बताईएको छ।

प्रकाशित: १२ माघ २०७४ १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App