आखिरमा तोडियो थवाङ

सोमबार, १५ माघ २०७४, १३ : ५९ दिनेश सुवेदी


रोल्पा–सधैं राज्य सत्ताको विरोधमा रहने थवाङले यतिखेर आफु तोडिएकोे अनुभव गरिरहेको छ । कुनै समय हरेक निर्णयमा एक भएर उभिने यो ठाउँ स्थानीय तह निर्वाचनसँगै तोडिएको हो । अघोषित मुखिया प्रथा अर्थात एक जनाको नियन्त्रणमा रहने थवाङ अहिले स्पष्टै देखिने गरि दुई भागमा विभक्त छ।

गत स्थानीय निर्वाचन पछि नै थवाङीको मन फाटेको हो । ‘साझा मुद्धामा एक हुन्छौ । समृद्धिको सवालमा सँगै छौ । राजनीतिक हिसाबले फरक भएको मात्र हो । आस्था फरक हुनु र साझा मुद्धामा एक हुनु राम्रो पक्ष पनि हो।’ थवाङका दिनेश रोका भन्छन् । ‘विचारले फरक भएको त देखियो । यो स्वभाविक पनि हो।’

थवाङीहरु एक हुँदा

  • २०१५ को चुनावमा सबै मत थवाङकै उम्मेदवार खगुलाल गुरुङलाई दिएका ।
  • २०३६ मा शतप्रतिशन बहुदलको पक्षमा
  • २०३८ मा मत नहालेकाले मतपेटिका फिर्ता पठाएका
  • २०५१ मा ४ मत खसेको
  • २०५४ मा चुनावै भएन । सदरमुकामबाटै अध्यक्ष उपाध्यक्ष घोषणा भएको
  • २०६४ को चुनावमा ३ मत बाहेक सबै माअाेवादीका नेता प्रचण्डलाई खसालेका।
  • २०७० को चुनावमा एक मत पनि खसालेनन् ।

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो समानान्तर सत्ता संचालनमा आएकाले स्थानीय तहले कुनै पनि काम गर्दा जनसत्ताको अनुमतिमा काम गर्नुपर्ने बताए पछि यहाँ झनै सकस थपिएको हो । केहि दिन अगाडि थवाङ गाउँपालिकाका अध्यक्षलाई सम्बोधन गर्दै पठाईएको पत्रमा ‘जनसत्ताको अनुमति बिना कुनै काम नगर्नु’ भनिएको छ । थवाङका जनसरकार प्रमुख किताब घर्ती साहासको हस्ताक्षर रहेको पत्रले यतिबेला स्थानीय तहमा निर्वाचितहरुलाई टाउको दुखाईको बिषय बनेको छ । माओबादी द्वन्द्वताका स्थापना गरिएको जनसत्ता अहिले फेरी सकृय हुन थाले पछि विभाजनको दुरी झनै बढेको हो । 

कुनै बेला परिवर्तनका लागि भन्दै सँगै लडेको एउटा शक्तिले हिजो आफैले लेख्ने गरेको जस्तै धम्कीपुर्ण पत्र पठाउन थाले पछि निर्वाचितहरुलाई आफ्नो पद फलामको च्युरा जस्तै बन्न थालेको हो । थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीका अनुसार पत्रमा लेखिएको छ ‘प्रचण्डले जनसत्ता भंग भएको भने पनि यथावत रहेको र जनसत्ताको अनुमति विना कुनै काम काज नगर्नु । हामीलाई सोधेर मात्र काम गर्नु।’ धम्कीपुर्ण भाषाको उक्त पत्रलाई आधिकारिक रुपमा गाउँपालिकामा दर्ता गराएर राखिएको छ । जसले गर्दा एकताको नारा ओझेलमा परेको हो ।

‘गाउँपालिकालाई पठाईएको पत्र विकास निर्माणको सवाल मात्र होईन । सबै गतिविधिका लागि हो । भोलि निती नियम, कानुन निर्माण लगायत सबै कामकाज जनसत्ताको अनुमतिमा गर्नु पर्नेछ।’ थवाङका युवा नेता अमित घर्तीले भने । थवाङ अहिलेलाई विभाजित भएको स्वीकार गर्दै घर्ती भन्छन् ‘प्राविधिक हिसाबले त फरक भयो नि । यहाँको इतिहास र विरासत सामान्य होईन । तत्काल भ्रमित रुपमा बिभक्त देखिए पनि फेरी एकताका इतिहास कायम हुन्छ । एक हुनुको बिकल्प छैन । पहिले पनि त समय समयमा बिभाजनका रेखा देखिन्थे तर अन्ततः ती सबै मेटिएर एकतामै हुन्थ्यौ । अहिले राजनीतिक हिसाबले फरक फरक भएको भने पक्कै हो।’ 

कानुनी रुपमा जनप्रतिनिधि भए पनि हिजोकै धङधङि भित्र रहेर पुरानै संरचनाको समानान्तर जनसत्ताले हस्तक्षेपकारी भूमिका खेल्न थाले पछि जनप्रतिनिधिले असजिलो अनुभूति गर्दैछन् । ‘मैले जीवनमा कुनै अपराध गरे जस्तो लाग्दैन । परिवर्तनकै लागि भनेर जीवनभरिको लामो समय खर्चेको छु । हिजोआज कहिले अपहरणमा पर्ने गरेको छु, कहिले मलाई निशाना गरेर म नभएको मौकामा मेरो घर माथि बम प्रहार गरिन्छ । कहिले जनसत्ताको अनुमति विना कुनै पनि कार्यको खारेजको मलाई पत्र बुझाईन्छ । म एउटा राज्यको निकायमा भएकोले मैले यसलाई अवसर र चुनौती दुवै बुझेको छु।’ थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीले दुखेसो पोखे । घर्ती पनि पछिल्लो समय थवाङ विभाजित भएको स्वीकार गर्छन् ।

थवाङको जनसत्ताले आफ्नो अनुमति विना काम नगर्नु भनेर पत्र पठाएको प्रति माओबादी केन्द्रका कार्यकर्ता गिरिश पुन भने सकारात्मक छन् । उनले भने ‘पत्र पठाउनु र हामी पनि छौ भनेर भन्नु सकारात्मक हो । हामीले खोजेको पनि आम सहभागिता हो।’ थवाङ तोडिएको बिषयमा भने पुनले पनि चित्त दुखाएका छन् । ‘विचार फरक भए पछि त तोडिने नै भयो । हरेक निर्णय संगै गर्दा राम्रो हुन्थ्यो । विचार मै असहमत भए पछि एक ढिक्काको अपेक्षा नै रहेन । संसारमै एउटै सिद्धान्त बोकेको पनि त कहाँ छ र।’

थवाङीहरुले २०६४ मा ३ मत बाहेक सवै माओवादी नेता प्रचण्डलाई दिएका थिए । २०७० सालको संविधान सभामा एकमत पनि खसालेनन् । २०३६ सालमा शतप्रतिशत मत वहुदललाई खसालेका उनीहरुले २०१५ सालको निर्वाचनमा सबै मत थवाङकै उम्मेदवार वनेका खगुलाल गुरुङलाई दिएका  थिए । २०३८ सालमा रित्तो मतपेटिका फिर्ता गरेको थवाङमा २०५६ मा हेलिकप्टरमा पुगेका २ जनाले मात्र मतदान गरेका थिए । २०५४ मा चुनावै भएन । अध्यक्ष र उपाध्यक्ष सदरमुकामबाटै घोषणा गरियो भने २०५१ मा ४ मत मात्र खसेको थियो । २०३९ सालको स्थानीय चुनावमा विरोधमा कोहि उठ्न खोज्दा समर्थक र प्रस्तावक नपाएपछि अध्यक्ष र उपाध्यक्ष मात्र प्रतिस्प्रर्धामा आएका थिए । यो सबै इतिहास भुलेर स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा थवाङ पुर्ण रुपमा विभाजित बन्यो ।

 

 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

‘कान्छी’को ‘रेस्पोन्स’ बुझ्न स्वेता देश दौडाहमा (फोटो फिचर)

‘कान्छी’को ‘रेस्पोन्स’ बुझ्न स्वेता देश दौडाहमा (फोटो फिचर)

नायिका श्वेता खड्का आफूले अभिनय तथा निर्माण गरेको फिल्म ‘कान्छी’को प्रतिक्रिया लिन व्यस्त छिन्। काठमाडौंका सबै हलहरुबाट राम्रो प्रतिक्रिया पाएपछि...

अब्बल अभिनेत्री दीपिका, निर्देशकले दिए पुरस्कार

अब्बल अभिनेत्री दीपिका, निर्देशकले दिए पुरस्कार

दीपिका पादुकोणले पाँच सय रुपैयाँ पुरस्कार पाएकी छन्। उनीद्वारा अभिनित चलचित्र ‘पद्मावत’ ले राम्रो सफलता पाएको छ। उक्त सफलताबाट खुशी...

१०७ भत्किए, तीन मात्रै बने

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा...

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

स्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ प्रदर्शन भइरहँदा शुक्रबारबाट हलमा दुई नेपाली फिल्म ‘पञ्चेबाजा’ र ‘साढे ७’ थपिएका छन् ।...