७ वैशाख २०८१ शुक्रबार
समाज

क्यापिटल मर्चेन्ट ठगी प्रकरणका दोषी खड्का पक्राउ

काठमाडौ- क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीमा करोंडौ ठगी गर्ने बिमल खड्का पक्राउ परेका छन्। पुनरावेदन अदालत पाटनबाट पाँच करोड ७५ लाख जरीवाना तथा तीन वर्ष कैद सजायँ सुनाइएका खड्कालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले चितवनबाट पक्राउ गरेको हो।  शनिबार चितवनबाट पक्राउ परेका फैसला कार्यान्वयनका लागि सिआइबीले चितवन जिल्ला अदालतमा पेश गरेको थियो। अदालतको आदेशमा उनलाई कारागार कार्यालय चितवन पठाइएको सिआइबीले जनाएको छ।

खड्कालाई नेपाल राष्ट्रबैंकको पत्र अनुसार पुनरावेदन अदालत पाटनले २०७१ बैशाख २९ गते पाँच करोड ७५ लाख जरीवाना तथा तीन वर्ष कैद हुने सजायँ सुनाएको थियो। अदालतले सजायँ सुनाएपछि उनी फरार हुँदै आएका थिए। सिआइबीले उक्त ठगी मुद्दाका मुख्य आरोपी पवन कार्कीका बारेमा अनुसन्धान गरिरहँदा आरोपि खड्कामाथि पनि निगरानी गरिरहेको थियो। ‘ऊ चितवनमा छ भन्ने सूचना पाएपछि पक्राउ गरेका हौँ, सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले भने। 

खड्काले ०६५ पुस ३ मा आफू सञ्चालक रहेको सात्विक डेभलपर्सको नाममा रहेको काठमाडौं साङलाको जग्गा धितो राखि पाँच करोड ७५ लाख रुपैयाँ कर्जा लिएका थिए। उनले सो रकम आफैंले प्रयोग गरेका थिए भने कर्जा दुरुपयोग गरी क्यापिटल मर्चेन्ट फाइनान्सका निक्षेप कर्ता र लगानीकर्तालाई नोक्सानी पुर्‍याएका थिए। सीआइबीले  क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीमा ठगी गर्ने अरुण कुमार मराठलाई ०७२ जेठ १४ गते पक्राउ गरेको थियो। उनलाई १३ करोड ३० लाख जरिमान तथा ६ वर्ष जेल सजायँ सुनाइएको थियो।

त्यस्तै ६ करोड ५० लाख जरिमान तथा तीन वर्ष कैद सजायँ पाएका नवराज खत्रीलाई सिआइबीले ०७२ जेठ १९ मा पक्राउ गरेको थियो।  दुई करोड २० लाख जरिवान तथा तीन वर्ष कैदै सजायँ सुनाइएकी तुलसाकुमारी धमला ०७२ साउन १७ मा पक्राउ परेकी थिइन भने तीन करोड ५० लाख जरिमान एवं तीन वर्ष कैद सजायँ सुनाइएका भाईकृष्ण खड्कालाई ०७२ भदौ २ मा पक्राउ परेका थिए ।  ९ करोड ३७ लाख जरिवाना तथा तीन वर्ष कैद सुनाइएका किरण केशर नेपाल गत वर्ष माघ २४ मा पक्राउ परेका थिए।

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी ठगिका मुख्य आरोपी पवन कार्की अहिले पनि परार रहेका छन्। हाल उनी ग्रिनकार्ड प्राप्त गरेर अमेरिकामा बसोबास गरिरहेको सीआइबीले जनाएको छ । उनीमाथि अदालतले एक अर्ब २२ करोड जरिमाना सुनाएको छ । बैंकिङ कसुर सम्बन्धि विभिन्न ४२ घटनामा मुछिएका उनलाई पक्राउ गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गरिसकेको उपरीक्षक श्रेष्ठले जानकारी दिए। फरार अन्य अभियुक्तको पनि खोजि भइरहेको सीआइबीले जनाएको छ। 

 

 

 

 

 

प्रकाशित: १५ माघ २०७४ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App