६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

भूकम्पले हल्लियो भारत

पाकिस्तानको बलुचिस्तानमा भूकम्पले भत्किएको विद्यालय ।

नयाँ दिल्ली – भारतमा भूकम्पको कडा धक्का महसुस गरिएको छ।

अफगानिस्तानको हिन्दु कुश क्षेत्रलाई केन्द्रविन्दू बनाएर बुधबार दिउँसो १२ः४० मा गएको ६ दशमलब २ रेक्टर स्केलको धक्का भारतका विभिन्न सहरमा महसुस गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

अफगानिस्तान, पाकिस्तान र उत्तरी भारतलाई हल्लाएको भूकम्पको धक्का  भारतका दिल्ली–एनसीआर, राजस्थान, पञ्जाब, हरियाणा, हिमाञ्चल, जम्मू काश्मिर र विहारलगायत राज्यमा महसुस गरिएको बताइएको छ। भूकम्पका कारण दिल्लीमा केहीबेर रेल सेवा समेत प्रभावित भएको थियो।   

यस्तै, भूकम्पबाट पाकिस्तानको बलुचिस्तानमा एक जनाको मृत्यु भएको छ। स्कुल र भवन भत्किँदा केही मानिस घाइते भएको र घरहरुमा क्षति पुर्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन्। 

प्रकाशित: १७ माघ २०७४ १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App