१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दरबारमार्गका डीएसपी परिसर तानिए, इन्सपेक्टर हिरासतमा

काठमाडौं - आर्थिक लेनदेनमा सामुहिक बलात्कारको मुद्दा मिलाउन खोज्ने दरबारमार्ग प्रहरी वृतका डीएसपी तिलक भारती छानविनका क्रममा प्रहरी परिसर काठमाडौं तानिएका छन्। उक्त घटनामा संलग्न प्रहरी निरीक्षक लक्ष्मण ठकुरीलाई प्रहरी प्रधान कार्यालय १ नम्बर गणको हिरासतमा राखिएको छ।

घटनासँगै मुछिएका वृतका मुद्दा शाखा प्रहरी नायव निरीक्षक चन्द्र भण्डारीलाई निलम्बन गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार घटनासँग सम्बन्धित प्रहरी निरीक्षक ठकुरी पटक पटक विवादमा मुछिदै आएका थिए। उनलाई दरबारमार्गमा नराख्न प्रहरी परिसरले पटक पटक आग्रह गर्दा समेत सुनुवाई नहुँदा यस्तो घटना घटेको हो। ठकुरीलाई महानगरीय प्रहरी कार्यालयको उच्च नेतृत्वले संरक्षण गर्न खोज्दा उनले लेनदेनमा मुद्दा मिलाउने कामलाई निरन्तरता दिइरहेका थिए।

दरबार्गस्थित होटल ल्याण्डमार्गमा प्रेमीसहित ४ युवाको सामुहिक बलात्कारमा परेकी युवतीले दरबारमार्गको प्रहरी वृतमा बलात्कृत भएको उजुरी दिएकी थिइन्। प्रहरीले मुद्दा दर्ता नगरी लेनदेनमा घटना मिलाउन खोजेपछि यो घटना बाहिरिएको हो।

उक्त घटनाको छानविनका लागि काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशीको नेतृत्वमा छानविन समिति गठन भएको छ। समितिले अध्ययन गरिरहेको र पीडित पक्षसँग पनि घटनाको बारेमा जानकारी संकलन गरिरहेको एसएसपी धानुकले जानकारी दिए।

प्रकाशित: १७ माघ २०७४ १०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App