coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय विदेश सचिवलाई चीनको बधाई

बेइजिङ-  भारतको विदेश सचिवमा विजय केशव गोखले नियुक्त भएकोमा चीनको विदेश मन्त्रालयले बधाई ज्ञापन गरेको छ ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयीङले बुधबार भने, “गोखले विदेश सचिवमा नियुक्त भएकोमा उनलाई बधाई ज्ञापन गर्न चाहन्छौं ।”

उनले आगामी दिनमा भारत र चीनको आपसी सम्बन्ध अझ सक्रियताका साथ सुध्रिने विश्वास व्यक्त गरेका  छन्।“शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई आत्मसाथ गर्दै राजनीतिक तहबाट समेत विश्वास बलियो बन्नेछ,” उनले भने ।

गोखले चीनका लागि भारतका पूर्व राजदूतसमेत भएकाले चिनियाँ भाषामा दख्खल छन् ।उनी गत सोमबार भारतको विदेश मन्त्रालयको सचिवमा नियुक्त भएका हुन् । रासस

प्रकाशित: १८ माघ २०७४ ०५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App