८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

आगलागीमा हुँदा जापानमा ११ को मृत्यु

 टोकियो –  जापानको हकाइदो टापु नजिककै उत्तरी क्षेत्रमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।
आगलागीमा परेका ५ जनाको उद्धार गरिएको जापानी सञ्चार माध्यमहरूमा उल्लेख छ । पीडितहरूको पहिचान नभई सकेको हुँदा त्यसका  लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीमा परेका तीन जनालाई प्रहरीले उपचारका लागि अस्पताल पुर्याएको भएतापनि उनीहरूको अवस्थाबारे अझै यकिन गर्न सकेको छैन । गत महिना दक्षिण कोरियाको एक अस्पतालमा आगलागी हुँदा ३७ जनाको मृत्यु भएको थियो भने १५० जना भन्दा बढी घाइते भएका थिए ।

 

प्रकाशित: १८ माघ २०७४ ०५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App