coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नेतृ सुकी निवासमा बम आक्रमण

याङ्गुन -  म्यानमारका नेतृ एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान पेट्रोल बम विस्फोट गराइएकाे छ । उनको निवास परिसरमा बाहिरैबाट बम हानिएको समाचारमा जनाइएको छ ।

पेट्रोल बम हानिएको तर त्यसबाट कुनै क्षति भने नभएको समाचारमा जनाइएको छ ।  समाचारमा जनाइएअनुसार सो बम विस्फोटबाट लागेको आगो सुरक्षाकर्मीले तत्कालै निभाएका थिए ।राज्य परिषदका महानिर्देशक उ जवा हतीले भने– उनको निवासमा बम हानिएको थियो, त्यो पेट्रोल बम थियो । तर समयमै आगो निभाएकोले क्षति हुन पाएन ।

आक्रमणकारीहरुको खोजी जारी रहेको उनले बताए। उनले भने– बिहीबार बिहान सबेरै भएको सो आक्रमणका दोषीहरुको खाेजी सुरु भएको  र त्यसका लागि स्थानीय प्रहरी परिचालन गरिएको छ ।विदेशमन्त्री सुकी हाल नेपितवमा रहेको बेला यता यो बम आक्रमण भएको हो । बम कसले र किन विस्फोट गराएको हो भन्ने बारेमा केही  पत्ता लागेकाे छैन  । रासस

प्रकाशित: १८ माघ २०७४ ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App