coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतका प्रधानमन्त्री चीनमा, व्यवसायिक सुधार मुख्य एजेन्डा

बेइजिङ - बेलायतकी प्रधानमन्त्री टेरेसा मे ३ दिने चीन भ्रमणका लागि बुधबार बेइजिङ आइपुगेकी छन्। उनले शुक्रबार विभिन्न व्यवसायिक एजेन्डासहित चीनका राष्ट्रपति सी जिनपीङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

चीनमा रहँदा विश्वको विग्रदो वातावरण, व्यापार तथा उत्तर कोरियाको मिसाइल परिक्षणका सम्वन्धमा कुरा हुने बीबीसीले जनाएको छ। विश्वमा विग्रदो वातावरणले पारेको प्रभाव कम गराउन मान्छेले व्यवहारमा परिवर्तन गर्नुपर्ने तथ बेलायतले सन् २०४२ सम्ममा प्लास्टीकको प्रयोग बन्द गराउने बताइएको छ।

पहिलो दिनको भेटमा प्रधानमन्त्री मे ले ब्रिटेन–चीनको अन्तर्राष्ट्रिय अवैधानीक व्यापार हटाउने सम्वन्धमा दुवै देशले सम्बोधन गरेका छन्। उनले भनेकी छन्– चीनदेखि ब्रिटेनसँगको सिधा हवाइमार्गको सम्बन्धमा पनि छलफल भएको छ।

यसको समर्थनमा बुधबार चीनका प्रधानमन्त्री ली ख्याछीले नयाँ व्यापारको नीति र लगानीको बारेमा सोचविचार गरिने बताएका छन्।

प्रकाशित: १८ माघ २०७४ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App