७ वैशाख २०८१ शुक्रबार
समाज

तुवाँलोले ढाकेपछि तुम्लिङटार विमानस्थलमा उडान बन्द

संखुवासभा – संखुवासभाको एक मात्र तुम्लिङटार विमानस्थलमा एक सातादेखि उडान हुन सकेको छैन। विमानस्थल क्षेत्रमा तुवाँलोले ढाकेपछि उडान अवरुद्ध भएको हो। तुवाँलोका कारण गएको शनिबारदेखि बुद्ध, यति र सीता एयरलाइन्सले उडान भर्न सकेको छैन। उडान भर्न नसकेपछि दैनिक सय बढी यात्रु अलपत्र पर्ने गरेका छन्। उडानका लागि ‘भिजिबिलिटी’ कम भएपछि दैनिक उडानहरु अवरुद्ध हुँदै आएको तुम्लिङटार विमानस्थलले जनाएको छ।

उडान नभएपछि जहाजबाट काठमाडौं तथा विराटनगर जाने यात्रुहरु अलपत्र परेका छन्। जहाजबाट उडान भर्न लागेका कोही यात्रु सडक मार्गबाट गन्तव्यमा पुग्ने गरेका छन् भने कोही विमानस्थल खुल्ने दिन पर्खेर बसेका छन्। सडक मार्ग असुरक्षित हुने भन्दै हवाई उडानको लागि हप्तौ अघि टिकट बुकिङ गरेर बसेका यात्रुहरुले अहिले धुलाम्य बाटोको यात्रा गर्नु परेको छ। हवाई सुविधा नभएपछि बढि जसो बिरामीहरु त्यसको मारमा परेका छन्। कच्ची बाटोमा लामो यात्रा गर्नुपर्ने भएकाले बिरामीको स्वास्थ्य अवस्था झनै बिग्रने स्वास्थ्यकर्मीहरु बताउँछन्।

विमानस्थललाई ढाकेको तुवाँलो हटेपछि मात्र उडान भर्न सकिने तुम्लिङटार विमानस्थलका प्रमुख रमेश महतले बताए। तुवाँलो हट्नको लागि पानी पर्नुपर्ने वा ठूलो हावा चल्नुपर्ने उनको भनाई छ। पानी पर्नु वा ठूलो हावा चल्नु प्राकृतिक विषय भएकाले कहिलेबाट उडान सुचारु हुने हो भन्न नसकिने महतले बताए।

संखुवासभामा महिनौंदेखि पानी परेको छैन। केही दिनदेखि पानी पर्ला जस्तो भएपनि परेको छैन्।

प्रकाशित: १८ माघ २०७४ १५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App