७ वैशाख २०८१ शुक्रबार
खेल

एपिएफको अपराजित यात्रा कायम

न्यु डाइमन्डकी प्रतिभा माली विपक्षीविरुद्ध सट प्रहार गर्दै । तस्बिर सौजन्य राखेप

काठमाडौं – रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबलमा एपिएफले अपराजित यात्रा कायम राखेको छ । बिहीबार सम्पन्न खेलमा एपिएफले आर्मीविरुद्ध दोहोरो जित निकालेको हो।

नयाँबसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा सम्पन्न पहिलो खेलमा आर्र्मीमाथि २५–१२, २५–२०, २५–१९ को जित हात पारेको एपिएफले दोस्रो खेलमा पनि आर्मीमाथि नै २५–१४, २५–१७, २५–१८ को सहज नतिजा निकाल्यो । गत साताका लागि निर्धारित एपिएफ र आर्मीविरुद्धको खेल वर्षाका कारण स्थगित भएपछि उक्त खेल बिहीबार खेलाइएको थियो ।

त्यस्तै बिहीबार सम्पन्न अर्को खेलमा शीर्ष टोली शिवम् न्यु डाइमन्डले पनि दोहोरो जित दर्ता ग¥यो । न्यु डाइमन्डले पहिलो खेलमा मेघौलीलाई र दोस्रो खेलमा टप्स माविलाई पराजित गरेको हो।

मेघौलीविरुद्ध २५–२२, २५–२२, २५–२० को सोझो सेटको नतिजा हात पारेको न्यु डायमन्डले दोस्रो खेलमा टप्स माविलाई पनि २५–११, २५–८, २५–१६ को सोझो सेटमा पराजित ग¥यो।

यस नतिजापछि १६ खेलमा ४६ अंक जोडेको न्यु डायमन्ड शीर्ष स्थानमा यथावत् छ । दुई खेल कम खेलेको एपिएफ र टप्स ४१ र ३३ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ३० अंक जोडेको पुलिस चौथो, २१ अंक जोडेको श्रीगाउँ पाँचाै स्थानमा छ।

 

 

प्रकाशित: १९ माघ २०७४ ०३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App