७ वैशाख २०८१ शुक्रबार
अन्य

टहरामा बस्ने माननीय

भक्तपुर, सूर्यविनायकको टहरामा प्रदेश सभा सदस्य सरस्वती बाटी ।

राजनीति गर्न प्रशस्त पैसा चाहिन्छ भन्ने आम बुझाइ छ । भक्तपुरकी प्रदेश सभा सांसद सरस्वती बाटीको जीवनमा भने यो कुरा मेल खाँदैन । आर्थिक रूपले विपन्न उनी अस्थायी टहरामा बस्दै आएकी छन्।

भूकम्पपछि भक्तपुर, सूर्यविनायकस्थित भाडाको जग्गामा संयुक्त परिवारसँगै बस्दै आएको उनले बताइन् । 
उनी नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन् । बिहीबारदेखि हुने प्रदेश सभा बैठकका लागि उनी अहिले हेटौँडा पुगेकी छन्। 

‘बनाउने त हो । तर, तीन पैसा १ दाम मात्रै जग्गा छ । त्यसको पनि ६ भागको एक भाग मात्रै आफ्नो हो । कत्रो घर बनाउनु ?’ 
 

घर कहिले बनाउने हो ? उनले प्रतिप्रश्न गरिन्, ‘बनाउने त हो । तर, तीन पैसा १ दाम मात्रै जग्गा छ । त्यसको पनि ६ भागको एक भाग मात्रै आफ्नो हो । कत्रो घर बनाउनु ?’ 
उनको परिवारमा चार भाइ, आमा छन् । 
उनले २०३५ सालमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा थालेकी हुन् । त्यतिबेला उनी कक्षा ८ मा पढ्दै थिइन् । 
त्यसयता उनी एमालेबाट प्रतिनिधि सभा र स्थानीय निर्वाचनमा उम्मेदवार बनिसकेकी छिन् । 
२०५६ को आम निर्वाचनमा एमालेबाट भक्तपुर, क्षेत्र नम्बर १ की प्रत्यक्ष उम्मेदवार रहेकी उनी २०४९ को स्थानीय निर्वाचनमा भक्तपुर नगरपालिकाको उपमेयर उम्मेदवार बनिन् । २०७० सालको संविधानसभा निर्वाचनमा भने उनी एमालेबाट समानुपातिक उम्मेदवार थिइन्। 

नर्स बन्ने सपना पूरा नभएपछि राजनीतिमा आएको उनी बताउँछिन् । पैसा नहुँदा नर्स पढ्न नपाएको र राजनीतिमा पनि यही बाधक बनिरहेको उनको दुखेसो छ । भन्छिन्, ‘पैसा र पावर भएको भए २०७० सालमै म सभासद् हुन्थेँ।’ 
 

 

प्रकाशित: १९ माघ २०७४ ०५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App