coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिडेल क्यास्ट्रोका जेठा छोरा मृत फेला

क्युवा – क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन्। फिडेलीटो नामबाट चर्चित रहेका क्यास्ट्रोका जेठा छोरा एन्जल फिडेलोले विहिबार बिहान आफ्नै घरमा आत्महत्या गरेका हुन्।

‘६८ वर्षिया एन्जल फिडेलोे डिप्रेसनको शिकार भएका थिए। डिप्रेशनको कारण उनलाई केहि समय अस्पताल भर्ना पनि गरिएको थियो। पछिल्ला केहि दिनदेखि उनको उपचार डाक्टरहरुको समूहले घरमानै गराउदै आएका थिए।’ क्युवाडेवेट वेभसाइटले बताएको छ। 
भौतिक शास्त्री एन्जल फिडेलोेले क्युवामा भौतिक शास्त्रको  क्षेत्रमा १२ वर्ष अर्थात् सन् १९८० देखि १९९२ सम्म राष्ट्रियस्तरमा काम गरेका थिए। क्युवाली क्रान्तिका नायक भनेर चिनिने उनका पिता फिडेल क्यास्ट्रोको निधन सन् २०१६ मा भएको थियो। 

 

प्रकाशित: १९ माघ २०७४ ०७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App