८ वैशाख २०८१ शनिबार
अन्य

मिहिनताको फाइदा

– शोभा ज्ञवाली

जिन्दगी सिकाई र भोगाईको निरन्तरता हो । जीवनमा हामीले जति सिके पनि, जति बुझे पनि अझै केही नजानेको, अझै केही नबुझेको जस्तो लागिरहन्छ । हुन त सिक्ने, जान्ने र बुझ्ने क्रम त जीवनभर चलिरहने कुरा हो । साना–साना कुरालाई ध्यान नदिँदा र नबुझ्दा भने हाम्रो जीवनमा धेरै असर पार्ने गर्छ । कहिलेकाहीँ हामीले स–साना कुराहरुलाई महत्व दिँदैनौँ। त्यस कारण ती साना कुराले पनि हामीलाई नसोचेको दुःख दिने गर्छ । स–साना कुरालाई हामीले ध्यान दिन सक्यौँ भने भविष्यमा आइपर्ने अप्ठेरालाई न्यूनीकरण गर्न सक्छौँ ।

घुम्न पाइने, नयाँ ठाउँ देखिने लगायतका स–साना छुद्र र खुद्रे कुरामा मात्र हाम्रो ध्यान जान्छ । फलस्वरुप जे फाइदा लिन सकिन्थ्यो, त्यसबाट वञ्चित हुन्छौँ । हाम्रो जीवन स–साना क्रियाकलाप र बानी–व्यवहारको समष्ठिगत परिणाम हो ।

मलाई यस्तै भावना कहिलेकाहीँ आउनुको कारण मेरै वरपर देखिने असंगत र अप्ठेरा कुरा नै हुन् । जस्तो एउटा सम्मेलनका क्रममा म विदेश जाँदा अनौठो दृश्य देख्नु प¥यो । त्यहाँ विभिन्न देशका प्रतिनिधि प्रदर्शनीका लागि पुगेका थिए । प्रदर्शनीस्थल पुगिसक्दा टोलीका सदस्यहरु एकअर्कामा फुलेर बोल्दै नबोली बसिरहेका थिए । एक साता लामो प्रदर्शनीको भोलिपल्टै टोलीबीच माराकाट होलाजस्तो देखियो । 

हामी विदेशको कार्यक्रम भन्नेबित्तिकै हाम्फालेर, ज्यान फालेर जाने गर्छौं । त्यो कस्तो कार्यक्रम हो, त्यस कार्यक्रमबाट हामीले के सिक्छौँ, यहाँबाट सिकेका कुरा हाम्रो जीवनमा कसरी फाइदा लिन सक्छौँ, त्यहाँका आयोजक कस्ता छन्, ती आयोजकमध्ये आफूलाई अप्ठेरो पर्दा कसबाट सहयोग लिने हो, जुन समूहमा आफू सहभागी हुँदैछु त्यस समूहका मानिस कस्ता छन्, उनीहरुको पृष्ठभूमि कस्तो छ, गाह्रोसाह्रो परेका बेला उनीहरुले कत्तिको सहयोग गर्लान्, सहयोग नगरेको अवस्थामा आफूले अप्ठेरोको सामना कसरी गर्नेजस्ता अनेकौँ स–साना कुरामा ध्यान दिनुपर्ने हुन्छ तर हामी विचार गर्दैनौँ । बढी अपेक्षा र कम फाइदा पनि हुनसक्छ भन्ने कोणबाट हामीले विचार नै गर्दैनौँ । घुम्न पाइने, नयाँ ठाउँ देखिने लगायतका स–साना छुद्र र खुद्रे कुरामा मात्र हाम्रो ध्यान जान्छ । फलस्वरुप जे फाइदा लिन सकिन्थ्यो, त्यसबाट वञ्चित हुन्छौँ । हाम्रो जीवन स–साना क्रियाकलाप र बानी–व्यवहारको समष्ठिगत परिणाम हो । मिहिन रुपमा स–साना कुराको ख्याल गर्ने बानीले हाम्रा धेरै अप्ठेरा समाधान गर्न सक्षम हुन्छौँ ।

मैले त्यस सम्मेलनमा के देखेँ भने समूहमा आएका साथीहरुबीच कसले पैसा खर्च गर्ने र कसले बढी खर्च गर्यो भन्ने लेखाजोखा भइरहेको थियो । बढी पैसा खर्च भएकामा एक जना खुबै रिसाइरहेका थिए । त्यही पैसाको हिसाब–किताबका कारण एकअर्काको सम्बन्ध चिसो भइसकेको थियो । पैसाको हिसाब–किताब स्वदेशमा फर्केर पनि गर्न सकिन्थ्यो । फेरि कसैले सम्बन्ध र पैसाबीच कुन ठूलो भन्यो भने म त सम्बन्धलाई नै जोड दिन्छु किनभने मान्छे चिनाउने काम पनि पैसाले नै गर्छ र थोरै बढी खर्च भयो भने पनि भविष्यमा यो समूहसँग आफू मिलेर काम गर्न सक्छु कि सक्तिनँ भन्ने पाठ सिक्न सकिन्छ ।

कुनै कार्यक्रमको सिलसिलामा विदेश भ्रमणमा रहँदा कुनै एउटा व्यक्ति वा समूह मात्र विदेश भ्रमणमा हुँदैन । ऊ त कुनै एक देशको प्रतिनिधिका रुपमा भ्रमणमा हुन्छ । तपाईं घुम्न बेलायत जानुस् या जर्मनी, त्यहाँ तपाईं एउटा घुमन्तेका रुपमा भन्दा बढी ‘नेपाली घुमन्ते’ हुनुहुन्छ । तपाईंको बानी, व्यवहार, लवाई, खवाई, प्रत्येक गतिविधिले ‘नेपाल’को चरित्र बोकिरहेको हुन्छ । तपाईंका वरपर, भेट भएका व्यक्तिलाई तपाईंले आफ्नो व्यक्तित्वको परिचय दिनु भएको हुन्न, तपाईंले त देशको परिचय दिइरहनु भएको हुन्छ । त्यसैले विदेश भ्रमणका बेलामा गरिने व्यवहारमा निकै सचेत हुनुपर्छ ।
मैले माथि नै भनेँ, नेपालबाट कुनै सभा–समारोहमा भाग लिन जाँदा हामी त्यहाँ पुग्ने कुरालाई मात्र महत्व दिन्छौँ । त्यहाँ कसरी सकारात्मक प्रभाव र सकारात्मक हस्तक्षेप गर्ने भन्ने कुनै तयारी गर्दैनौँ । कुन समारोहमा गइरहेको छु, मैले त्यहाँ के बोल्ने, बोलेका कुराहरु कत्तिको प्रभावशाली रुपमा राख्ने र त्यस विषयमा म आफू पारङ्गत छु कि छैन, छैन भने यस विषयमा कसको सहयोग लिने भन्ने कुरामा हामी सचेत हुनै पर्छ ।

मञ्च पाउनेबित्तिकै हामी यति असान्दर्भिक कुरा गर्न थाल्छौँ कि अगाडि बसेका मान्छे लाजले पानी–पानी हुन पुग्छन् । जस्तो, हामी गाउँघरमा छौँ भने गाउँघरको स्थानीय स्रोत–साधन र त्यसको उच्चतम सदुपयोगका कुरा र योजना बुन्नुपर्छ र सोहीअनुसारको धारणा जनतामाझ राख्नुपर्छ । तर गाउँसँग असम्बन्धित सिँचाइ, हेलिप्याड, ठूला फ्याक्ट्रीका भाषण गरेर जनतालाई के अर्थ ? त्यहाँ त बत्ती, बाटोघाटो, पानीजस्ता आधारभूत आवश्यकताका कुराहरुको पो योजना सुनाउनु पर्छ, होइन र ? हो, सपना देखाउनुपर्छ तर आधारभूत कुरा बिनाको सपना जनताले खिल्ली उडाउने विषय हुँदैन र ? यस्तै असम्बन्धित विषयमा हाम्रो ‘विज्ञता’का कारण नै नेताहरु बदनाम छन् ।

मिहिन कुरामा ध्यान दिने बानीले हाम्रो व्यापार–व्यवसायलाई पनि फाइदा पुर्याउँछ ।हामीले साझेदारीमा व्यापार गरिरहेका छौँ भने आफूसँग विचारधारा मिल्ने, उठबस गर्न सजिलो लाग्ने, आ¨थक गतिविधि राम्रो भएको, समाजमा राम्रो छवि बनाएको व्यक्तिलाई छनोट गर्नुपर्छ ।

यो नेताको मात्र समस्या होइन । हामी सर्वसाधारण र थोरै जानेबुझेकाहरुको पनि समस्या हो । हामी असान्दर्भिक र असम्बद्ध विषयमा लामा गफ गरिदिन्छौँ । एक्कैछिन सोचौँ त, हामीलाई सुन्न भनेर कहाँबाट मानिसले नभएको समय पनि निकालेर आएका हुन्छन् ! झन् विदेशमा त मान्छेलाई रत्तिभर फुर्सद हुँदैन तापनि कार्यक्रमको गरिमा बढाउन उपस्थित हुन्छन् । यस्तोमा पुङ न पुच्छरका सन्दर्भ र कुराले आएका अतिथिको समय बर्बाद गर्नु उनीहरुकै मानमर्दन गर्नु हो जस्तो लाग्छ । यस्ता कुराले हाम्रो व्यक्तित्वलाई नै ह्रास र नास पारिदिन्छन् ।

मिहिन कुरामा ध्यान दिने बानीले हाम्रो व्यापार–व्यवसायलाई पनि फाइदा पुर्याउँछ ।हामीले साझेदारीमा व्यापार गरिरहेका छौँ भने आफूसँग विचारधारा मिल्ने, उठबस गर्न सजिलो लाग्ने, आ¨थक गतिविधि राम्रो भएको, समाजमा राम्रो छवि बनाएको व्यक्तिलाई छनोट गर्नुपर्छ । बिजनेस पार्टनर भनेको एक किसिमको परिवारकै सदस्यजस्तो हो । परिवारको एउटा सदस्य तलमाथि हुनेबित्तिकै परिवारमा जसरी नराम्रो असर पुग्छ, त्यसरी नै एउटा बिजनेस पार्टनरले गडबडी गर्दा पूरै व्यवसाय नै संकटमा पर्नसक्छ । त्यसैले साझेदारीका व्यवसायमा बिजनेस सुरु गर्नुअघि नै पृष्ठभूमि लगायतका विषय राम्ररी अध्ययन गरेर मात्र साझेदारी व्यवसाय (पार्टनरसिप बिजनेस) अगाडि बढाउनु पर्छ ।

हालै एक जना साथी अन्तर्राष्ट्रिय व्यापार गर्छु भनी विदेश गएको थियो । उसले जुन बिजनेस पार्टनर छान्यो, त्यो पार्टनर पैसामा निकै कञ्जुस भएको पछि मात्र थाहा भयो । आधाभन्दा बढी लगानी भइसकेको अवस्थामा अब पार्टनरसिप त्याग्ने कि बिजनेस नै त्याग्ने भन्ने अनौठो अवस्थामा ती साथी पुगे । ती साथीको पार्टनरसँग त त खानपिन नै नमिल्ने न त रहनसहन नै । त्यसमाथि एकअर्काप्रति अविश्वास गर्ने किसिमको समेत पाएपछि बेकारमा पार्टनरसिप गरेछु भनेर साथी अलमल्लमा परे । 

त्यसैले हाम्रा गतिविधि सुरु हुनुअघि निकै सोचविचारका साथ स–साना कुराहरु पनि ध्यान दिने बानी किन नबसाल्ने ?

 

प्रकाशित: १९ माघ २०७४ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App