७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

राजनीतिक बन्दीलाई रिहा गर्न आदेश, पूर्वराष्ट्रपतिको सजाय खारेज

निर्वासनमा रहेका पूर्वराष्ट्रपति मोहम्मद नाशिद ।

माले – माल्दिभ्सको सर्वोच्च अदालतले सरकारद्वारा बन्दी बनाइएका विपक्षी दलका नेताहरुलाई तत्काल रिहा गर्न आदेश दिएको छ। अदालतले राजनीतिक नेताहरूमाथि लगाइएको मुद्दा राजनीति प्रेरित भएको ठहर गर्दै रिहा गर्न सरकारलाई आदेश दिएको हो।

न्यायाधीशहरूले निर्वासनमा रहेका पूर्वराष्ट्रपति मोहम्मद नाशिदविरुद्धको फैसला उल्ट्याउँदै १३ वर्षे जेल सजाय समेत खारेज गरेका छन्।

अदालतको यो निर्णयसँगै विपक्षी दलका १२ सांसदलाई पुनर्स्थापित गर्ने र संसदमा विपक्षी पार्टीको बहुमत हुने देखिएको छ भने सन् २०१६ देखि ब्रिटेनमा राजनीतिक शरण लिइरहेका मा पूर्वराष्ट्रपति नाशिदलाई देश फर्कने र चुनावमा भाग लिन बाटो खोलिदिएको छ।

अदालतको फैसलापछि निर्वासनमा रहेका पूर्वराष्ट्रपति नाशिदले ट्वीटरमार्फत राष्ट्रपति अब्दुल्ला यामिनलाई अदालतको आदेश पालना गर्न र पदबाट राजीनामा गर्न आह्वान गरेका छन्।

प्रकाशित: १९ माघ २०७४ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App