५ वैशाख २०८१ बुधबार
अन्य

मनोलय–४

आत्मा देख्नु अनात्मामा राम्रो दर्शन होइन ।
झूठो संसारमा राम सत्यता देख्नु हो मन ।।

‘म हुँ देह’ र ‘सम्पत्ति मेरो’ भन्ने मनै न हो ।
यस्तो होइन यो जाने मात्र नै मन नष्ट भो ।।

अनिष्टवस्तुको त्याग इष्टको गर्नु संग्रह ।
यही हो मनको रूप यही हो बुझ बन्धन ।।

विश्वको मन हो कर्ता मनुष्य मन जाननु ।
मनेले आँट्छ जे काम देहले गर्छ सम्झनु ।।

चित्त हो अर्थको हेतु त्यसमा तीन लोक छन् ।
त्यो हराए जगत् छैन विज्ञ औषधि गर्दछन् ।।

क्रमशः
(ज्ञवालीद्वारा संस्कृतबाट अनुवादित योगवाशिष्ठसारको नेपाली पद्य हरेक शनिबार नियमित प्रकाशित भइरहेको छ।)

 

 

प्रकाशित: २० माघ २०७४ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App