७ वैशाख २०८१ शुक्रबार
खेल

बढ्दो फुटबल क्रेज

अघिल्लो साता ‘ए’ डिभिजनका थ्रिस्टार र मनाङ मस्र्याङ्दी बीचको फाइनलको टक्करको रोचक प्रतिस्पर्धा हेर्न इटहरी रङ्गाशालामा खचाखच दर्शक थिए।फाइनलमा कमैमात्र भेट हुने यी दुई टिमको प्रतिस्पर्धाले मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा दर्शकहरू भरीभराउ थिए।

दुवै टिमका समर्थकहरू ब्यानर, लोगोसहित उपस्थित थिए । प्याराफिट भरीभराउ थियो । समर्थनका चर्को आवाज सुनिन्थ्यो । स्टार खेलाडी मैदानमा थिए भने उल्लेख्य दर्शक प्याराफिटमा थिए । अहिलेसम्मकै धेरै दर्शक भएको टिप्पणी त्यहाँ सुन्न पाइन्थ्यो । सातौँ राष्ट्रिय खेलकुदको तुलनामा आधा पनि दर्शक नभएको खेलप्रेमी बताउँथे । यहिनेर आफ्नो टोलीसहित पुगेका फिदिम स्पोटिङ क्लबका अध्यक्ष बिमल श्रेष्ठ भन्थे ‘नेपालको उच्च प्रतिस्पर्धा हुने प्रतियोगिता भएकाले टाढा बाटै हेर्न आहियो ।’ यस्ता फुटबलका क्रेजीहरु गाँउसहर जताततै छन्।

इटहरी उदाहरणमात्र हो । प्रदेश १ का केहि यस्ता जिल्ला छन्, जहाँ फुटवल प्रतियोगितमा खचाखच दर्शक हुन्छ । फुटवलको क्रेज औधी देखीन्छ । एकपछि अर्को गरी प्रदेश–१ का जिल्लामा गोल्डकपहरु आयोजना भईरहेका छन् । हिउदभरी फुटवलमय हुन्छ । केहि ठाँउबाहेक दर्शकहरु खचाखच हुने गर्छन् । पहाडी जिल्लाहरुमा लोभलाग्दो गरी दर्शक उपस्थीत हुन्छन् । राजाधानीमा हुने प्रतियोगिता भन्दा यताका प्रतियोगितामा दर्शकहरुको उपस्थीती उत्साह पूर्वक हुने बताईन्छ । पूर्वका प्रतियोगितामा दर्शकहरुको उलेख्य उपस्थीत रहने फुटवलका एकजानकार सुनसरी फुटवल संघका पूर्व अध्यक्ष दिलिप राई बताउँछन।

यतिवेला अखिल नेपाल फुटवल संघ (एन्फा)को अधिवेशनको माहोल छ । देशभरी एन्फामा जितिरहदा फुटवल भने हारिरहेको छ । फुटवलको मेरुदण्ड मानिएको लिग पनि हुन सकेको छैन । यहि बेला एक पछि अर्को गरी आयोजना भएका प्रतियोगिताहरुमा दर्शकहरुले राम्रो साथ दिएका छन् । खेलाडीहरुले नी अली अली भएनी टिक्ने मौका पाएका छन । प्रतियोगिताको आम्दानीको स्रोत पनि हुन । एक महिना अघि फिदिममा सम्पन्न फाल्गुनन्द गोल्डकपमा दर्शकहरुले हेर्नलाई बस्ने ठाँउ पाएनन् । कतै रुखमा त कतै घरको छतमा दर्शकहरु देखिन्थे । दर्शकहरु मस्तसँग फुटवल हेर्न रुचाउछन।

प्रदेश एकमा फुटबलप्रति निक्कै सचेतता छ । ठुला, साना प्रतियोगिता हुन्छन् । शहर तथा  गाँउमा हुने प्रतियोगितामा दर्शकको अभाव कम खेप्नु पर्ने हुन्छ । ताप्लेजुङको पाथीभरा गोल्डकप, पाँचथरको फाल्गुनन्द गोल्डकप, इलामको माईभ्याली गोल्डकप, झापाको झापा गोल्डकप, मेची नेत्रालय काकरभिट्टा गोल्ड कप, सुनसरीको सुनसरी गोल्डकप, बुढासुब्बा गोल्डकप, विराटनगरको विराट गोल्डकप धेरै दर्शक पाउने प्रतियोगिताहरु हुन । अरु प्रतियोगिताहरु पनि प्रसस्त छन् । स्टार खेलाडीहरु मैदानमा आउनेहुँदा पनि दर्शकहरु मोहित भएको देखिन्छ । नेपालका चलेका खेलाडीहरु यहाँका प्रतियोगितामा सहभागि हुन्छ।

ए डिभिजनका क्लबका साथै क्षेत्रीय तथा स्थानिय टिमहरुले चलेका खेलाडी मैदानमा उर्ताछन् । खेलमैदान राम्रो र उपयुक्त नुहदा समस्या हुने गर्छ । अर्को अर्को जिल्लामा फुटवल हेर्न जानुलेपनि यसप्रतिको क्रेज जनाउने फुटवल संघ, पाँचथरका अध्यक्ष सुजन नेम्बाङ बताउँछन । आसपासका जिल्लामा हुने प्रतियोगिता हेर्न केहि दिन छुट्याएर पुग्नेहरु छन।

प्रदेश १ का झापा, मोरङ, सुनसरी जस्ता जिल्ला खेलाडी उत्पादनको ‘पावर हाउस’को रुपमा समेत लिईन्छ । राष्ट्रिय स्तरका धेरै खेलाडी यहीका छन् । गाँउ गाँउमा साना प्रतियोगिता र शहरमा ठुला प्रतियोगिता हुन्छन् । कमै प्रतियोगितालेमात्र दर्शकको अभाव खेप्नु पर्ने हुन्छ । दर्शकहरु समर्थनमा चर्को आवाज दिईरहेका हुन्छन् । समर्थकको अभाव पर्दैन । रोजाईका खेलाडी भएभने माहोल झनै तात्छ । दर्शकको अपेक्षा अनुरुप भने खेलको विकास हुन सकेको देखिदैन।

प्रकाशित: २० माघ २०७४ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App