८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

एफबीआइ विरुद्ध रिपोर्ट सार्वजनिक

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथि राष्ट्रपतिकाे समयमा  निर्वाचनमा शक्तिको दुरुपयोग गरेको आरोप लागेको छ । अमेरिकी कंग्रेसको संघीय अनुसन्धान ब्युरो एफबीआइले ट्रम्पको चुनावी अभियानको अनुसन्धान गर्दा शक्तिको दुरुपयोग गरेको खुल्न आएको रिपोर्टमा उल्लेख छ।

एफबीआइले ट्रम्पकाे कदमप्रती गम्भीर चिन्ता व्यक्त गरेको छ । उक्त रिपोर्ट चुनावी अभियानका क्रममा ट्रम्पका विदेश मामिला सल्लाहकार रहेका कार्टर पेजको फोन रेकर्डमा आधारित छ । उनी सन् २०१६ को अक्टोबरमा विद्युतीय निगरानीमा रहेका थिए ।

उक्त रिपोर्टकाे एक गुप्त प्रतिवेदनलाई आधार मान्ने हो भने पूर्व ब्रिटिस जासुस क्रिस्टोफर स्टिलले न्याय मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई आफू डोनाल्ड ट्रम्प चुनावमा पराजित भएको हेर्न चाहेको बताएका थिए  । रिपोर्ट सार्वजनिक गराउने रिपब्लिकन सांसद डेभिड न्युन्सले यसले सर्वसाधारणको विश्वासमाथि नराम्रो असर परेको प्रतिक्रिया दिए ।

रिपोर्ट सार्वजनिक भएलगत्तै एफबिआइका निर्देशक ‘क्रिस्टोफर रे’ले आफ्ना कर्मचारीहरुलाई इमेल पठाउँदै निष्पक्षतापूर्वक कानुनसम्मत ढंगले अघि बढ्न आफूले साथ दिने बताएका छन् ।ट्रम्पको बर्खास्तीमा परेका एफबिआइका पूर्व निर्देशक ‘जेम्स कोमी’ले उक्त रिपोर्ट बेइमानीपूर्वक ढंगले आएको बताए ।

 

प्रकाशित: २० माघ २०७४ ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App