coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

वास्तुअनुसार ग्रह र राशिको सम्बन्ध

  – डा.राजकुमार सुवेदी
     ज्योतिषी एवं वास्तु शास्त्री
                                                                                        बैठक कोठाको पूर्व र उत्तर दिशामा अलि धेरै खाली ठाउँ राख्नु आवश्यक छ । आन्तरिक र बाहिरी साज–सज्जाका साथै विभिन्न रङको उच्च प्रभावलाई नेपाल, भारत एवं विभिन्न देशका सांस्कृतिक हिसाबले एकमतसँग स्वीकार गरेको पाइन्छ ।

घरका भित्ताको रङले आँखाको माध्यमबाट अन्तस्करण मनको गहिराइसम्म पुगेर हाम्रो मानसिक स्थितिलाई प्रभावित गरी अनुकूल र प्रतिकूल संवेदन प्रवाहित गरेको हुन्छ । रत्न चिकित्सा (जिम थेरापी), रङ चिकित्सा (कलर थेरापी), रङ स्नान (कलर थेरापी) यसरी यस्ता खालको चिकित्सालाई अस्तित्व र उपचारलाई विभिन्न वैज्ञानिकले स्वीकार गरेका छन् । घरको आन्तरिक र बाह्य साज–सज्जाका साथै रङको प्रयोगबाट ग्रह नक्षत्रको कारण हुने विभिन्न बाधा, वास्तु दोषसमेत हरण हुन्छ । ज्योतिष शास्त्र एवं वास्तु शास्त्रले रङका यस्ता खालको अवधारणा अकाट्य र सत तर्कका साथ परिपुष्टि गर्छ । यदि व्यक्ति सूर्य ग्रहबाट प्रभावित छ र सिंह राशि, सिंह लग्नको छ । जन्म कुण्डलीमा सूर्य उच्चस्थानको स्वगृही या अनुकूल स्थितिमा छ भने घर, होटल, पसलको भित्ताको रङ सुनौलो, पहेँलो, सुनौलो वोर्डरवाला, हल्का गुलावी र हल्का पहेँलो हुनुपर्छ ।

यदि व्यक्ति चन्द्र तत्व प्रधान छ भने कर्क राशि, कर्कट लग्न छ र चन्द्रमा स्वगृही या उच्चस्थानमा भएको व्यक्तिको घरको भित्ता दूधजस्तो सेतो र मोेतिको जस्तो रङ हुनु आवश्यक छ । यदि व्यक्तिमा मंगल तŒव प्रधान भएमा मेष, वृश्चिक राशि या मेष, वृश्चिक लग्न भएको जातकको जन्म कुण्डलीमा मंगल मेष, वृश्चिक या मकर राशिमा भएमा अनुकूल मानिन्छ । यस्तो स्थितिमा जातकको घर बैठकमा गाढा रातो, क्रिमसन रातो, कोरा रातो (अरेन्ज रेड) रङ लगाउनु पर्छ । ढोका, दराज, पर्दा, कार्पेटसमेतमा यस्तो यो रङको प्रयोग बढी मात्रामा भएको हुनु पर्छ । 

यदि व्यक्ति बुध ग्रहदेखि प्रभावित भएको खण्डमा जातकको राशि मिथुन वा कन्या छ र कन्या लग्नमा बुध ग्रहको स्थिति अनुकूल भएमा वा बुध, वृष या सिंहको भई स्वगृहाभिलाषी भए, यस्तो अवस्थामा बुधलाई अधिक बलवान बनाउन घरमा, बैठकमा, भित्तामा, विशेषगरी निर्णयात्मक कक्ष (काउन्सिलिङ रुम) मा गाढा हरियो, फिका हरियो, सुगा रङ र सुनौलो, हरियो, पहेँलो रङ लगाएमा जातकको बुधसम्बन्धी ग्रहको दोष हरण भई उन्नति–प्रगति हुन्छ । त्यसैगरी व्यक्तिको शुक्र तŒव प्रधान भएमा साथै वृष या तुला लग्न एवं राशिको व्यक्ति भएमा र शुक्र चेष्टावली भएमा, अधिक अनुकूल र बलियो बनाउन घरमा चम्किलो सेतो रङ (डायमन्ड ह्वाईट) घ्यू जस्तो सेतो रङ लगाउनु पर्छ । घरमा ऐश्वर्यशाली वस्तु सौन्दर्य प्रधान एवं कलात्मक, सृजनात्मक वस्तुको प्रयोग गर्नुपर्छ । यसले गर्दा व्यक्तिको उन्नति–प्रगति र भाग्योदयमा राम्रो हुन्छ । यदि व्यक्तिमा शनि स्वगृही, उच्च वा उच्चाभिलाषी (कन्या राशिस्थित शनि) भएमा घरका भित्तामा पुष्प र पुष्पहारद्वारा राम्रो सौभाग्यहेतु विभिन्न निलीमाको प्रयोग गर्नुपर्छ र दक्षिण ढोका भएको घरमा अगाडिको भागमा पानी साथै पछाडिको भागमा उचो जमिन, पठारजस्तो हुनुपर्छ । शुभ रङको प्रयोग गर्दा मानिसको जीवनमा निकै ठूलो योगदान छ । विभिन्न ग्रहको दुस्प्रभाव तथा व्यापार व्यवसायका समस्या हटाउन रङको महत्वपूर्ण भूमिका रहेको छ । हाम्रो घरका विभिन्न कोठामा आवतजावतका लागि खुला मार्ग हुनुपर्छ । प्रवेश द्वारका भित्ता एवं स्कटिङमा एकै खालको रङ लगाउनु पर्छ । भवनको प्रवेश मार्गमा वृक्ष, खम्बा, कुवा, सेफ्टी ट्यांकी र दूषित हावा निस्कने पाइप आदि हुनुहुँदैन । यस्ता स्थानमा कालो रङ लगाउनु हुँदैन । यसरी वास्तुसम्बन्धी नियम पालना गर्नाले धनात्मक उर्जा उत्पन्न हुन गई परिवारमा आर्थिक प्राप्ति एवं शुख शान्ति मिल्छ । सबै प्रकारका बाधक तत्व निवारणार्थ मुख्य भवनको उचाई अधिक हुुनुपर्छ ।

ढोका एवं गेट राख्दा वास्तु नियम पालना गरी राख्नुपर्छ र वास्तु सम्मत रङ लगाउनु पर्छ । यसले गर्दा घरमा सदैव धनात्मक उर्जा उत्पन्न हुन जान्छ । घरका विभिन्न कोठामा ढोका राख्दा, उत्तर वा पूर्व दिशातर्फ राख्नु वास्तुअनुसार राम्रो हुन्छ । ढोका वा गेटमा हल्का गुलावी एवं पहेँलो रङ लगाउनु राम्रो हुन्छ । सुत्ने खाट वा पलङको पछाडि पक्की पर्खाल हुनु राम्रो हुन्छ । सुत्ने पलङ कहिले पनि ढोकाको सम्मुख हुनु हुँदैन, सुत्ने कोठामा हल्का निलो एवं गुलावी र पहेँलो रङ लगाउन सकिन्छ । सुत्ने कोठामा सकभर ऐना लगाउनु हुँदैन । लगाउनै परेमा पलङको दायाँबायाँ लगाउन सकिन्छ । पलङको सम्मुख पारी ऐना लगाउँदा हानिकारक हुन्छ । बक्स पलङ बनाइएको छ भने त्यहाँ पकाउने भाँडावर्तन राख्नु अनिष्ट मानिन्छ साथै पलङमा कदापि कालो र निलो रङ लगाउनु हुँदैन । यसमा सामान राख्नाले कालो रङ प्रयोग गर्नाले मनमा क्रोध, अशान्ति, दाम्पत्य कलह, कार्य अशिद्धि आदि विभिन्न समस्या आइपर्छ । वास्तु शास्त्रीय रङसम्बन्धी विषयमा वैज्ञानिकहरुले के प्रमाणित गरिसकेका छन् भने– सामाजिक समारोह एवं जन्म दिनको पार्टीमा विभिन्न प्रकारका रङलाई विशिष्ट संयोजन गरी आएका आफ्ना सबै अथितिलाई भरपुर सन्तोष र प्रसन्नता प्रदान गरेको देखिन्छ । शुभ रङको उपयोगले मानिसलाई सुख एवं सफलतातर्फ अगाडि बढाउँछ । केही विद्वान् शक्ति, प्रतिभा तथा भाग्य बढाउन शुभ ग्रह र ग्रहसँग सम्बन्धित रङको उपयोग गर्छन् ।

रङरोगन ः– रङको प्रभाव व्यक्तिको मन मस्तिष्क एवं अन्तर चेतनामा पर्छ । वास्तुशास्त्रमा रङको विशिष्ट भूमिका रहेको पाइन्छ । रङले हाम्रो वातावरण, विचार, आचरण तथा स्वास्थ्यलाई प्रभावित गर्छ । सधैँ हामी रङको वरपर एवं रङले घेरिएर रहेका हुन्छौँ । कुनै रङ हामीलाई राम्रो लाग्ने खालका हुन्छन् भने कुनै रङ नराम्रो लाग्ने खालका हुन्छन् । कुनै–कुनै वास्तुशास्त्रको के मान्यता रहेको छ भने कालो रङको अधिक प्रयोगले राहु ग्रहको दुष्प्रभाव बढ्छ, जसले गर्दा मनमा चिन्ता, भय, व्याकुलता बढ्ने हुन्छ । सेतो रङको अधिक प्रयोगले मनुष्यलाई महŒवाकांक्षी बनाएर गृहस्थ सुखमा कमी ल्याइदिन्छ । कुनै कुनै अवस्थामा गुरु तथा शुक्रका कुण्डलीमा परस्पर भएको खण्डमा पहेँलो र सेतो रङको अधिक प्रयोगले मानसिक सन्ताप दिने हुन्छ । सूर्यको प्रकाशमा सात रङ हुन्छन् जो वस्तु सूर्यको जुन रङसँग परावर्तन गर्छ, त्यो वस्तुमा उसै रङको प्रभाव पर्छ । प्रकाश परावर्तनले तरङ्गको रूप धारण गरी हाम्रो आँखाको दृष्टि स्नायुमा प्रभावित गर्छ । हाम्रो आँखाले ग्रहण गरेको रङले मनमस्तिष्कमा तरङ्गित हुँदै हर्ष र विषादको मनस्थिति पैदा गर्छ । 
केही वास्तु अनुसन्धान कर्ताले के स्वीकार गरिसकेका छन् भने गीत–संगीतको स्वर लहरी जुन प्रकारले कानबाट प्रवेश गरी मनमा सुख–दुःखको भावना उत्पन्न गर्छ । त्यसै प्रकार नेत्र मार्गबाट विभिन्न रङ प्रवेश गरी हाम्रो मनमा हर्ष वा विष्मातको भाव प्रकट हुन्छ । हामी वास्तुशास्त्रअनुसार ग्रहअनुकूल रङको पहिचान गरी त्यस रङको बीचमा जीवन चलाउन सिक्यौँ भने मानसिक क्लेष, सन्ताप एवं विघ्नबाधाबाट सहजै मुक्ति पाउन सम्भव हुन्छ । 

रङको विशेषता 
रातो रङ –मंगल  ‘रातो रङमा राम्रो नराम्रो दुवै प्रभाव हुन्छ । रातो रङ अग्निको प्रतीक मानिन्छ । यो रङको प्रभावले भाग्य उन्नति, प्रसिद्धि प्राप्त गर्नुका साथै अन्य उन्नति र कार्य क्षमतामा समेत वृदि हुन्छ ।’ 

पहेँलो रङ – सूर्य  ‘पहेँलो रङले भगवान सूर्यलाई प्रतिनिधित्व गर्छ । त्यसैले पृथ्वीमा रहेका प्राणी एवं वनस्पति बाँच्नका निमित्त सकारात्मक उर्जा र पोषण तŒव प्रदान गर्छ ।’ 

हरियो रङ–बुध ‘हरियो रङले वृक्ष एवं वनस्पतिको प्रतिनिधित्व गर्छ । यसले वातावरणीय स्वास्थ्य र नेत्र दृष्यशक्तिलाई आनन्दमय सुख र शान्त बनाउने गर्छ । 

कालो रङ–शनि ‘कालो रङ अशान्तिको प्रतीक हो । यस रङले अशान्ति र रोग व्याधिको प्रतिनिधित्व गर्छ । घरमा कालो रङको अधिक प्रयोग गरेमा चिन्ता र निराशा छाउनुको साथै कार्य दक्षतामा कमजोर बनाउने गर्छ । 

सेतो रङ–शुक्र  ‘सेतो रङलाई सफा एवं शुद्धताको प्रतीक मानिन्छ । यस रङ शोक परेको बेला प्रयोग गरिने हुनाले कतिपय व्यक्तिले त्यति रुचि दिँदैनन् । वास्तुशास्त्रीय रङसम्बन्धी विषयमा वैज्ञानिहरुले के प्रमाणित गरिसकेका छन् भने सामाजिक समारोह एवं जन्मदिनको  पार्टीमा विभिन्न प्रकारका रङलाई विशिष्ट संयोजन गरी आएका आफ्ना सबै अतिथिलाई भरपुर सन्तोष, आनन्द र प्रसन्नता प्रदान गरेको देखिन्छ । शुभ रङको उपयोगले व्यक्तिलाई निखारेर सुख एवं सफलता वृद्धि गर्छ । केही विद्वान शक्ति, प्रतिभा तथा आफ्नो भाग्य बल बढाउन शुभ ग्रह र ग्रहसँग सम्बन्धित रङको उपयोग गर्छन् ।

 

प्रकाशित: २० माघ २०७४ ११:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App