४ वैशाख २०८१ मंगलबार
समाज

आगलागीमा ज्यान गुमाउनेका परिवारलाई सहयोग

वीरगन्ज – वीरगन्ज महानगरपालिका–१८ सुखचैनास्थित सुपर ग्यास उद्योगको आगलागीमा परी ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहयोग गरिएको छ । शुक्रबार पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले जनही एक लाख रुपैयाँका दरले मृतकका परिवारलाई आर्थिक सहयोग प्रदान गरेका हुन् । यसअघि बिहीबार वीरगन्ज महानगरपालिकाका तर्फबाट महानगर प्रमुख विजय सरावगीले दुई लाख रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेका छन्।

गत पुस ५ गते उक्त उद्योगमा भएको भीषण आगलगीमा वीरगन्ज महानगरपालिका कार्यालयको बारुणयन्त्र शाखामा कार्यरत तीन कर्मचारीको जलेर मृत्यु भएको थियो । घटनामा लालबन्दी नगरपालिका –७ (साबिक भक्तिपुर–९) सर्राहीका यादवप्रसाद अधिकारी र तनहुँ डुम्रेका मदुसुदन मिश्रको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएका सञ्जीव नेपालको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो।

घटनालगत्तै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य यादवले मृतकका परिवारलाई एक÷एक लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँका दरले उपचार खर्च दिने घोषणा गरेका थिए । मृतक मिश्राकी श्रीमती निरा, अधिकारीकी श्रीमती रञ्जना पौडेल र नेपालकी आमा लोकमाया सिग्देललाई चेक हस्तान्तरण गरिएको हो।

महानगर प्रमुख सरावगीले मृतक परिवारका एक सदस्यलाई जागिर दिइने र बालबालिकाको पढाइ खर्च महानगरपालिकाले बेहोर्ने बताए । ग्यास उद्योगले १० लाख रुपैयाँका दरले जनही  तीनैजना मृतकका परिवारलाई प्रदान गरिसकेको छ ।
क्याप्सनः सुपर ग्यास उद्योगमा भएको आगलागीका मृतकका परिवारलाई शुक्रबार चेक हस्तान्तरण गरिँदै।

 

प्रकाशित: २१ माघ २०७४ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App