coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

क्यान्सर उपचार नेपालमै सम्भव : विज्ञ

काठमाडौं –  केही वर्ष अघिसम्म नेपालमा क्यान्सरको उपचार सम्भव छैन भन्निथ्यो तर अहिले त्यस्तो छैन । नेपाली स्वास्थ्य क्षेत्रले यसको उपचारमा फड्को मारेको छ । दुर्लभ र गम्भीर प्रकृतिका बाहेक धेरै क्यान्सरको उपचार नेपालमै सम्भव बन्दै गएको क्यान्सर बिशेषज्ञले बताएका छन्।

सरकारीस्तरमा  २०५७ सालमा स्थापना भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरले स्थापनाको १८ वर्षमा थुप्रै  सफलता हासिल गरिसकेको छ । ७५ शड्ढयाबाट सुरु भएको सो अस्पताल हाल २ सय शड्ढयामा पुगेको छ । क्यान्सर पत्ता लगाउन आवश्यक सिटिस्क्यान, एमआरआईजस्ता उपकरण अस्पतालमै छन् । त्यसैगरी प्याथालोजी ल्याबतर्फ फोलोजन बायोप्सी, इमुनोस्ट्रोकेमेस्ट्री तथा रगत परीक्षण सेवा पनि अस्पतालमै छ।

रेडियोथेरापी, किमोथेरापी, टार्गेटेड थेरापी, शल्यक्रिया, प्यालिएटिभ केयरलगायत सेवा पनि अस्पतालमा छन् । अस्पतालका निर्देशक विजयचन्द्र आचार्य दाबी गर्छ्न, ‘हामीकहाँ सबैजसो क्यान्सरको उपचार हुन्छ, दुर्लभ क्यान्सर र विकसित मुलुकमा प्रयोगमा ल्याइएको आधुनिक उपचार प्रणाली र औषधिबाहेक सबैजसो सेबा उपलब्ध छन्।’

नेपालमा क्यान्सर भएका मध्ये ६० प्रतिशतको उपचार यही अस्पतालका हुने गरेको निर्देशक आचार्यले बताए । ‘अहिले बिरामीको चाप बढी छ, सुरुसुरुका वर्षमा ७ हजार मात्र बिरामी आउँथे । अहिले एक लाखभन्दा बढी बिरामी एक बर्षमै आउँछन्’, उनले भने । अस्पतालमा स्तन, पाठघेरको मुख, पेट, खानेनली, नाक, आन्द्रा, छाला, फोक्सोलगायत सबै अंगमा लागेको  क्यान्सरको उपचार हुन्छ । अस्पतालमा सरकाले बजेट र आधुनिक उपकरण थप्दै गए उपचार सेवा थप प्रभावकारी बनाउन सकिने निर्देशक आचार्यले बताए । उनी भन्छन्, ‘सरकारी भएर पनि यो अस्पतालप्रति सरकारको ध्यान अझै पुग्नसकेको छैन’, उनले भने।

त्यस्तै सरकारीस्तरको वीर अस्पतालमा पनि क्यान्सर उपचार हुन्छ । यो अस्पतालको क्यान्सर विभागअन्तर्गत प्यालिएटिभ केयर, किमोथेरापी, रेडियोथेरापी, टार्गेटेड थेरापी, शल्यक्रियालगायत सेवा सञ्चालनमा छन् । पहिलाको रेडियोथेरापी मेसिन बिग्रेको छ । अब छिट्टै अत्याधुनिक  टोमोथेरापी नामक रेडियोथेरापी गर्ने उपकरण वीर अस्पतालमा ल्याइँदैछ । जसको मूल्य ४० करोड नेपाली रुपैंया पर्छ । यो उपकरण आएपछि क्यान्सरको उपचार थप आधुनिक बन्ने चिकित्सक बताउँछन्।

हामीकहाँ सबैजसो क्यान्सरको उपचार हुन्छ, दुर्लभ क्यान्सर र विकसित मुलुकमा प्रयोगमा ल्याइएको आधुनिक उपचार प्रणाली र औषधिबाहेक सबैजसो सेबा उपलब्ध छन् ।
 –डा. विजयचन्द्र आचार्य, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

अस्पतालले केही दिनमै निःशुल्क क्यान्सर परीक्षण सेवा पनि सञ्चालनमा ल्याउँदैछ । यो अस्पतालमा स्तन, पाठेघरको मुख, पेट, छाला, कपालको जरा, हड्डी, आन्द्रालगायतको क्यान्सर उपचार हुन्छ । खानेनली, फोक्सो र रक्त क्यान्सरका बिरामीलाई भने अन्य अस्पतालमा  रेफर गर्ने गरेको  वीर अस्पताल क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्य बताउँछन्।
त्यस्तै सामुदायिक स्तरमा स्थापना भएर क्यान्स उपचार सेवा दिँदै आएको छ भक्तपुरस्थित भक्तपुर क्यान्सर
अस्पतालले । सुरुका दिनमा बिरामीलाई दिउँसो मात्र सेवा दिएको यो अस्पतालले अहिले सेवा विस्तार गरेको छ । अहिले यहाँ बिरामी भर्ना गरेरै उपचार गरिन्छ।

यो अस्पतालले पनि पाठेघर, स्तन, पेट, आन्द्रा, छाला, नाक, कानको  क्यान्सर उपचार गर्दै आाएको छ । अस्पतालका पूर्वनिर्देशक डा. प्रकाशराज न्यौपाने भन्छन्, ‘यो अस्पतालमा कमन खालका  सबै क्यान्सरको उपचार हुन्छ।’

भक्तपुर क्यान्सर अस्पतालमा सर्जरी, किमोथेरापी, दिवा हेरचाह, आइसियु, प्यालिएटिभ केयर सेवा छन् । क्यान्सर निदानमा आवश्यक पर्ने इन्डोस्कोपी, मेमोग्राम, भिडियो एक्सरेजस्ता उपकरण र आधुनिक ल्याब यहाँ उपलब्ध छन् । ‘आधारभूतस्तरका सबै क्यान्सको परीक्षण र उपचार पनि हुन्छ,’ न्यौपानेले भने । खानेनली, फोक्सो, बे्रन ट्युमरको क्यान्सर उपचारका लागि भने बिरामीलाई चितवनको भरतपुरस्थित क्यान्स अस्पतालमा सिफारिस गरिने अस्पतालले जनाएको छ । रक्त क्यान्सरका बिरामीलाई भने यो अस्पतालले  सिभिल हस्पिटलमा रेफर गर्छ । अस्पतालले फलोजन बायोप्सी परीक्षणका लागि भने विदेशका ल्याबमा पठाउँछ । अस्पतालले परीक्षणका लागि आधुनिक ल्याब विस्तार गर्ने तयारी भइहेको जनाएको छ।

पछिल्लो समय निजीस्तरका  नेसनल क्यान्सर अस्पताल, जाउलाखेल र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि पनि क्यान्सर उपचारमा सक्रिय छन् । ठूला लगानीमा खुलेका निजी अस्पतालमा क्यान्सरको छुट्टै विभाग स्थापना गरेर उपचार भइरहेको छ । नेपाल क्यान्सर अस्पतालमा सबैखाले क्यान्सर उपचार गरिने अस्पतालले जनाएको छ । ‘रगतको क्यान्सरमा आवश्यक बोनम्यारो प्रत्यारोपणबाहेक लभभग अन्य सबै उपचार हुन्छ’, अस्पतालका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले भने।

यो अस्पतालमा क्यान्सर परीक्षणका लागि आधुनिक ल्याब, आधुनिक एन्को रेडियोथेरापी, टार्गेटेडथेरापी, किमोथेरापी, प्यालिएटिभ केयर, शल्यक्रियाजस्ता सेवा छन् । अस्पतालमा स्तन, पाठघेरको मुख, नाक, कान, घाँटी, पेट, आन्द्रा, फोक्सोको क्यान्सरको उपचार हुन्छ । पछिल्लो समय विकसित राष्ट्रले क्यान्सर उपचारमा चलाउँदै आएको आधुनिक औषधिसमेत यो अस्पतालमा उपलब्ध भएको अस्पताल प्रमुख श्रेष्ठ दाबी छ।

यो अस्पतालमा रहेका फोलोजन सेक्सन र एन्को रेडियोथेरापी  उपकरण विकसित मुलुककै स्तरका भएको अस्पतालको दाबी छ । यी उपकरण क्यान्सर शल्यक्रिया  र ट्युमर मार्न प्रयोग गरिन्छ ।  विपन्न बिरामीको हकमा अस्पतालले ५ प्रतिशत शड्ढया छुट्याएको छ । ‘संघसस्था तथा विशिष्ट व्यक्तिहरुले  दिएको सहयोगबाट विपन्न बिरामीको उपचार गर्छौं, पैसा नभएर उपचार रोक्दैनौं’, श्रेष्ठले भने।

क्यान्सर फैलिएको अवस्था पत्ता लगाउने उपकरण पनि नेपालमै आइसकेको छ । क्यान्सरसम्बन्धी उपचार हुने काठमाडौं, महाराजगञ्जस्थित कुण्डलिनी र  लाजिम्पाटको सूर्या नामक निजी सेन्टरमा पेट स्क्यान सेवा छ । यो जाँचका लागि सबै अस्पतालले यी दुई केन्द्रमा बिरामी पठाउँदै आएका छन्।  

 क्यान्सरसम्बन्धी मलिकुलर र जेनेटिक परीक्षण सेवा नेपालमा छैन । यो जाँच  क्यान्सरको किसिम  र जिन पत्ता लगाउन गरिन्छ । यी दुवै परीक्षण लागि भारत पठाइन्छ।

चिकित्सकका अनुासर क्यान्सर निको हुने र नहुने कुन अंगको हो, कुन चरणको हो र कस्तो किसिमको हो भन्नेमा भर पर्छ । सुरुको चरणमा पत्ता लागेको क्यान्सर पूरै निको हुन्छ ।  बहुआयामिक उपचारले कतिपय क्यान्सर पूरै निको नभए पनि बिरामीको आयु लम्बिन्छ । ‘कुनै कुनै क्यान्सर तेस्रो तहमा पनि सर्जरी र थेरापीबाट निको हुन सक्छ, कुनै क्यान्सर पहिलो चरणमा भए पनि निको हुँदैन’ भरतपुर क्यान्सर अस्पतालका निर्देशक डा. आचार्यले भने।

नेपालले क्यान्सर उपचार सेवा विस्तार गर्दै गए पनि  यसप्रति जनविश्वास बढ्न नसकेको  चिकित्सक बताउँछन् । नेता र सेलिब्रेटीहरुको विदेशमा गएर उपचार गराउने प्रवृत्तिले हाम्रो उपचारप्रति जनविशवास बढ्न नसकेको चिकित्सक बताउँछन् । ‘नेता र  अभिनेताले विदेशमा उपचार गराएको समाचारले नेपालको उपचारमा विश्वास जाग्न नसकेको हो’, नेपाल क्यान्सर अस्पतालका प्रमुख डा. श्रेष्ठले भने । नेपालमा उपचार गरेर निको भएका समाचार बाहिर आउन नसकेकाले पनि यो समस्या कायम रहेको श्रेष्ठको बुझाइ छ । ‘क्यान्सर रोग समाजमा लुकाउने चलन छ, यस कारण पनि क्यान्सर उपचारबाट निको भएको उदाहरण बाहिर आएनन्’, उनले भने।

विदेशै जानुपर्ने अवस्था भए चिकित्सकको सल्लाह लिएर गए बिरामीले सास्ती झेल्नुनपर्ने चिकित्सक बताउँछन् । ‘क्यान्सरका कारण बिग्रिएको कलेजो र फोक्सो प्रत्यारोपणबाहेक सबै उपचार नेपालमै हुन्छ’, उनले भने।

त्यसैगरी डोटस्क्यान परीक्षण सेवम पाि नेपालमा उपलब्ध छैन । कलेजो र बे्रन क्यान्सर उपचारका लागि अहिले पनि विदेश जानुपर्ने  चिकित्सक बताउँछन् । नेपाल सरकारले सरकारीस्तरमा डोटस्क्यान र मोलिकुलर परीक्षण जस्ता सेवा उपलब्ध गराउन सके क्यान्सरको अझै छिटो र राम्रो उपचार सम्भव हुने बिशेषज्ञ बताउँछन् ।
 सरकारी अस्पतालमा प्रयोगशाला सक्षम बनाउन र आवश्यकताअनुसार उपकरण व्यवस्था गर्न सके नेपालमा क्यान्सर उपचार सेवा  थप प्रभावकारी बन्ने चिकित्सकको भनाइ छ । ‘सरकारी अस्पतालका ल्याबमा जनशक्तिलाई थप दक्ष बनाउन शिक्षा र तालिम दिन आवश्यक छ’, डा. आचार्यले भने।

 

 

 

 

 

 

 

 

 

प्रकाशित: २१ माघ २०७४ ०३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App