८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

८५ वर्षीय अभियन्ता रिहा

कराकस – सरकार विरोधी ८५ वर्षीय अभियन्तालाई भेनेजुएली सरकारले पक्राउ गरेको भोलीपल्ट शनिबार रिहा गरेको छ । निकोलस मादुरो सरकारका आलोचक एवं सन् १९५० को दशकमा भेनेजुएलामा रहेको सैनिक तानाशाहविरुद्धको राजनीतिक समूहका एक मात्रै जीवित अभियन्तालाई शुक्रबार देशको अनुसन्धान अधिकारीहरुले पक्राउ गरेका थिए । ८५ वर्षीय अधिवक्ता एन्रिक एरिस्टेगुइटाका परिवारका सदस्य र भेनेजुएलाको राजनीतिक दल जस्टिस् फस्र्टले उनलाई राजधानी कराकसमा रहेको आफ्नै निवासबाट शुक्रबार बिहानै कुनै जानकारी बिना पक्राउ गरेको बताएको छ।

‘हामी एरिस्टेगुइटाका र भेनेजुएलाका लागि पनि पूर्ण स्वतन्त्रता पाएरै छाड्ने छौं,’ कट्टरपन्थी विपक्षी नेता मारिया कोरिना माचाडोलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । एरिस्टेगुइटा भेनेजुएलाका विपक्षी गठबन्धनका घोषणा नगरिएका अभियन्ता हुन्, जसले बारम्बार वर्तमान राष्ट्रपति निकोलस मादुरोले तानाशाह लाद्न खोजेको आरोप लगाउँदै उनलाई सन् १९५२ देखि १९५८ सम्म भेनेजुएलामा शासन गरेका तानाशाह मार्कोस पेरेजसँग तुलना गर्ने गरेका छन् । पक्राउ र रिहाका बारेमा एरिस्टेगुइटाको ट्विटर अकाउन्टमा केही अपडेट गरिएको छैन । ट्विटरमा उनको अन्तिम पोस्ट शुक्रबार स्थानीय समयअनुसार ४ बजेको रहेको छ।

उनलाई पक्राउ गरिएको बारे भेनेजुएलाका सरकारी अधिकारीले केही नबताएको रोयटर्सले जनाएको छ । स्थानीय अधिकारवादी संस्था पेनल फोरमका अनुसार एरिस्टेगुइटा गत साता मादुरो सरकारविरुद्ध आन्दोलनमा उत्रिएका १४ अधिकारवादीमध्ये एक हुन् । त्यसबेला करिब दुई सय प्रदर्शनकारीलाई मादुरो सरकारले पक्राउ गरेको थियो । आलोचकहरुले भने समाजवादी पार्टी नेतृत्वको सरकारले विपक्षीमाथि बल प्रयोग गरिरहेको आरोप लगाउने गरेका छन् भने सरकारी अधिकारीहरुले भने अमेरिकाको सहयोगमा सरकारविरोधी गतिविधि गरिरहेको विपक्षीलाई आरोप लगाउने गरेको छ।

प्रकाशित: २१ माघ २०७४ ०४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App