coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘संखुवासभा प्रदेशकै धनी जिल्ला’

संखुवासभा – सिंचाई राज्यमन्त्री अमरसिंह पुनले संखुवासभा प्रदेश नम्बर १ कै धनि जिल्ला हुने बताएका छन्। सदरमुकाम खाँदबारीमा नेपाल प्रेश युनियनले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पुनले जोगवनी–किमाथांका सडक खण्ड जिल्लासंग जोडिए जिल्ला प्रदेशकै धनी  हुने बताएका हुन। 

किमाथांका नाका सञ्चालनमा ल्याउन सके संखुवासभा प्रदेशकै धनी जिल्ला मात्र नभई व्यापारिक केन्द्र समेत हुने बताए। उनले जिल्लाका पर्यटकीय र धार्मिक क्षेत्रको प्रचार प्रसार गर्नु आवश्यक रहेको बताए। कांग्रेसको संगठन सुदृद्धीकरणका लागि सात जिल्लाका सभापति समेतको टोली लिएर राज्यमन्त्री पुन संखुवासभा आइपुगेका हुन्। टोलीमा संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, ईलामका सभापतिहरू सामेल छन्। 

राज्यमन्त्री पुनले नेपाली कांग्रेसको पराजयको बावजुद पनि कार्यकर्तामा उत्साह नघटेको बताए। उनले जिल्लामा भूकम्प, बाढीपहिरो पीडित र सिंचाईका लागि १७ अर्ब ८४ करोड बजेट विनियोजन गरिएको बताए। यो रकम ३ वर्ष भित्र सक्नेगरी योजना तय गरिएको छ, उनले भने। ४ वटा राष्ट्रिय गौरवको सिंचाई आयोजना यसै अर्थिक वर्षमा निर्माण गर्न ७ अर्बको बजेट छुट्याईएको पनि उनले बताए।  

प्रकाशित: २१ माघ २०७४ १४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App