यी हुन् मोबाइलमा सबैभन्दा धेरै खर्च गर्ने व्यक्ति र संस्था

सोमबार, २२ माघ २०७४, १४ : २४ सन्तोष न्यौपाने  | @santyneupane


काठमाडौं- मोबाइलमा सबैभन्दा धेरै खर्च गर्ने व्यक्ती को होला? नेपाल टेलिकमले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षभरीमा सबैभन्दा धेरै खर्च गर्नेमा काठमाडौं, बौद्धका कुलमान घिसिङ रहेका छन्। उनले एक वर्षमा आफ्नो पोष्टपेड मोबाइल नम्बरबाट १ लाख ९७ हजार ६ सय २५ रुपैयाँ ४० पैसा खर्च गरेका छन्।

नेपाल टेलिकमको चौधौं वार्षिकोत्सवको अवसरमा सबैभन्दा धेरै मोबाइल प्रयोग गर्ने आफ्ना ग्राहकलाई सम्मान गर्न उक्त तथ्यांक सार्वजनिक गरेको हो। टेलिकमको आफ्नो वार्षिकउत्सवको अवसरमा ग्राहकको प्रतिनिधित्व हुने गरी मोवाइल तथा अन्य सेवामा सबैभन्दा धेरै खर्च गर्नेहरुलाई सम्मान गरेको छ।

त्यसैगरी, संस्थागत पोष्टपेड मोबाइलबाट धेरै खर्च गर्नेमा सूर्य नेपाल प्राली रहेको छ। उसले एक वर्षमा ९ लाख ४६ हजार १ सय ८० रुपैया ६० पैसा खर्च गरेको छ।

नेपाल टेलिकमको प्रिपेड मोबाइलबाट सबैभन्दा धेरै खर्च गर्नेमा काठमाडौं बानेश्वरका पुष्प दुलाल रहेका छन्। उनको वार्षिक मोबाइल खर्च ६४ हजार ४ सय ५ रुपैया ७१ पैसा रहेको छ।

सिडिएमए पोष्टपेडमा व्यक्तीगत रुपमा सबैभन्दा धेरै रिचार्ज गर्नेमा मोरङका दिलबहादुर लावती र संस्थागतमा नवज्योति इम्पेक्स, काठमाडौं रहेको छ। लावतीले ३७ हजार २ सय र नव ज्योतिले १८ हजार ६ सय खर्च गरेका छन्। सिडिएमए प्रिपेडमा व्यक्तिगत रुपमा सुनसरी, महेन्द्रनगरका विदुर परियारले २ लाख २१ हजार १ सय ६ रुपैया ७० पैसा रहेको टेलिकमले जनाएको छ।

वाइम्याक्समा सबैभन्दा धेरै खर्च र्गेमा सिनो हाइड्रो कर्पोरेसन लिमिटेड, पाटन, ललितपुर रहेको छ। उसले ८८ हजार रुपैयाँ वार्षिक खर्च गरेको छ। सर्वोच्च अदालत, काठमाडौंले लिज लाइन प्रयोग गर्दै १ करोड ६८ लाख २९ हजार ६ सय ८० रुपैया ९४ पैसा खर्च गरेको छ।

पिएसटिएन अर्थात ल्यान्डलाइन टेलिफोन धेरै प्रयोग गर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ। जसको खर्च ४२ लाख १ हजार २ सय ३४ रुपैया ३१ पैसा रहेको छ। व्यक्तीगत रुपमा ल्यान्डलाइन प्रयोग गर्नेमा कंचनपुरका रामप्रसाद राना रहेका छन् । उनले वार्षिक १ लाख २६ हजार ८ सय ६४ रुपैया ५२ पैसा खर्च गरको टेलिकमले जनाएको छ। टेलिकमले आफ्ना सम्पूर्ण ग्रहकको प्रतिनिधित्व हुने गरी उक्त व्या

 

 

 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

१०७ भत्किए, तीन मात्रै बने

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा...

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

स्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ प्रदर्शन भइरहँदा शुक्रबारबाट हलमा दुई नेपाली फिल्म ‘पञ्चेबाजा’ र ‘साढे ७’ थपिएका छन् ।...

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ बालकविता संग्रहको लोकार्पण गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले १२ वर्षे रिमाल अध्ययन गर्दै आएको...

लम्सालको ‘पेनाल’ महाकाव्य

साहित्यकार देवेन्द्र लम्सालद्वारा रचित ‘पेनाल’ महाकाव्य सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्याङजा साहित्य परिषद्ले राजधानीमा...