७ वैशाख २०८१ शुक्रबार
कला

‘मिसन इम्पोसिबल : फलआउट’मा टम क्रुजको एक्सन

वासिङ्टन – ‘मिसन इम्पोसिबल’ सिरिजको छैठौ संस्करण ‘मिसन इम्पोसिबल : फलआउट’को ट्रेलर सार्वजनिक भएको छ। 

ट्रेलरमा अभिनेता टम क्रुजको धमाकेदार एक्सन दृश्य देख्न सकिन्छ। ट्रेलरमा देखाएअनुसार क्रुजले फिल्ममा कडा मेहनत गरेको अनुमान लगाउन सकिन्छ। ट्रेलर हेरिसकेपछि लाग्दैन कि यी ५५ बर्षीय टम क्रुज नै हुन। क्रिस्टोफर मेकायरले निर्देशन गरेको फिल्म २७ जुलाइ २०१८ मा रिलिज हुँदैछ। 

‘मिसन इम्पोसिबल’को यो पहिलो सिरिज हो जसलाई ‘३ डी’मा छायङ्कन गरिएको हो। फिल्ममा टम क्रुजको साथमा हेनरी केविल, साइमन पेग, रेबेक फग्र्युसन, विंग रेम्स, शन हेरिस, वेस बेटले तथा फ्रेजरिक शमिटको अभिनय देख्न सकिन्छ।

 

प्रकाशित: २२ माघ २०७४ १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App