४ वैशाख २०८१ मंगलबार
ब्लग

विराट– अनुश्का फेरि सँगै !

विराट कोहलीले ट्विटरमा अनुश्का शर्माको बचाउ गरेको १० दिनपछि  दुवै डिनरमा सँगै भेटिएपछि यिनको सम्बन्ध सुध्रिएको अनुमान गरिएको छ ।
 

बुधबार राति बान्द्रा मुम्बईको एउटा रेष्टुरेन्टमा उनीहरु सँगै देखिएका थिए । समाचारहरुमा जनाइअनुसार उनीहरु ‘डिनर’ पछि सलमान खानको घर पुगेका थिए । सलमानले उनीहरुको सम्बन्ध सुधार्न भूमिका खेलिरहेको बताइएको छ ।

 


अनुश्कासँग सम्बन्धमा रहँदा कमजोर फर्ममा भएका विराटले उनीसँग ब्रेकअप पछि ट्–िट्वान्टीमा राम्रो प्रदर्शन गरेका थिए । उनको प्रदर्शनलाई अनुश्कासँग जोडेर चर्चा गरिएपछि विराटले ट्विटरमा त्यस्तो टिप्पणी गर्नेहरुलाई ‘लाज लाग्नु पर्ने’ बताएका थिए ।

 

 

 

प्रकाशित: २८ चैत्र २०७२ ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App