७ वैशाख २०८१ शुक्रबार
समाज

भक्तपुरमा बलात्कारका तीन घटनाका तीन आरोपी पक्राउ

भक्तपुर- प्रहरीले बलात्कारको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न मितिमा भएको बलात्कारको उजुरीको आधारमा आरोपितहरुलाई पक्राउ गरेको हो। माघ १९ गते शुक्रबार राति साढे ११ बजेको समयमा दाङ बबई गाउँपालिका ३ हंसपुर घर भई हाल भक्तपुर चागुनारायण नगरपालिका ९ ताथली बस्ने बर्ष २० को सुरेश घर्तीमगरले बर्ष १६ की बालिकालाई जबरजस्ती करणी गरेको भन्ने पीडितको उजुरीको आधारमा निज मगरलाई पक्राउ गरी कानुन बमोजिम मुद्दा प्रक्रिया अगाडि बढाइएको परिसरका प्रबक्ता कृष्ण प्रसाईले जनाए।

यस्तै पुस ३० गते दिउँसोको समयमा ललितपुर जिल्ला ललितपुर महानरपालिका २२ बुङमती घर भई हाल भक्तपुर नगरपालिका १० कमलबिनायक बस्ने बर्ष १८ को बसन्त तामाङले बर्ष ५ की बालिकालाई जबरजस्ती करणी गरेको भन्ने पीडित अभिभावकको उजुरीको आधारमा तामाङलाई पक्राउ गरी कानुन बमोजिम मुद्दा प्रक्रिया अगाडि बढाइएको उनले जनाए। यस्तैगरी माघ २० गते राति ११ बजेको समयमा सुर्खेत गुर्बाकोट नगरपालिका ९ भुल्के घर भई हाल चागुनारायण नगरपालिका ८ श्री ईट्टा भट्टामा काम गर्ने बर्ष ३८ को कर्णबहादुर पुनमगरले बर्ष ४५ की बयस्क महिलालाई जबरजस्ती करणी गरेको भन्ने पीडितको उजुरीको आधारमा सोमबार पुनमगरलाई पक्राउ गरी कानुन बमोजिम मुद्दा प्रक्रिया अगाडि बढाइएको उनले जनाए।

 

प्रकाशित: २३ माघ २०७४ ०६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App