१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

कुबेतमा एक नेपाली मृत फेला

खोटाङ– कुबेतमा एक नेपाली मृत अवस्थामा भेटिएका छन्। कुबेतको कम्बाइन्ड ग्रुपमा वर्षदिनदेखि काम गर्दै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका नवराज राई मृत फेला परेका हुन्। फोकस मेनपावरबाट कुबेत पुगेका राई आईतबार बिहान मृत फेला परेको जानकारी आएको दाई खड्ग राईले बताए।

उनको मृत्युको कारण खुल्न सकेको छैन। मृतकको शव नेपाल ल्याउनका लागि पहल भइरहेको आफन्तले बताएका छन्। ‘कुबेत पुगेको वर्ष दिन भो, अचानक मृत्युको खबर आएको छ,’ राईले भने, ‘मृत्युको कारण हामीलाई थाहा भएको छैन।’

प्रकाशित: २३ माघ २०७४ १०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App